अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्र बरहथवाका इलेक्ट्रिसियन मनोजकुमार पाण्डेले ८ हजार घुस लिएको अभियोगमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै आरोपपत्र दायर गरेको जनाएका छन् ।
‘सर्लाहीको बरहथवा नगरपालिका–६ स्थित नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्रमा कार्यरत इलेक्ट्रिसियन (तह–३) मनोजकुमार पाण्डेले विद्युत् मिटरको क्षमता वृद्धि गर्नको लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहे...