दोगडाकेदारमा घरबाटै सुनका गहना र नगद चोरी

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–६ पन्ज्युनयाँस्थित एक घरबाट सुनका गहना र नगद चोरी भएको छ। पन्ज्युनयाँका नारायणसिंह कार्कीको घरबाट २ तोला सुनको गलोबन्द र नगद २० हजार चोरी भएको हो।गतराति घरका मान्छे सबै गौरामा गएका वेला झ्याल फुटालेर चोरी भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनले भने, ‘घरका सबै मान्छे गौरा हेर्न गएका रहेछन्,झ्याल फुटालेर २ तोला सुनको गलोबन्द र नगद २० हजार चोरी भएको भनेर निवेदन आ’को छ।’चोरी गतराति भए पनि प्रहरीलाई आज

सम्बन्धित सामग्री

काठमाडौंमा नगद र सुनका गहना चोरी गर्ने तीन जना पक्राउ

काठमाडौं । काठमाडौंको सिनामङ्गलबाट  सुनका गरगहना तथा नगद चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण–७ घर भई हाल काठमाडौं, कलङ्की बस्ने ३२ वर्षीय अर्जुन थापा र झापा मेचिनगर–५ घर भई हाल काठमाडौं, गौशाला बस्ने ३० […]

नगद र सुनका गहना चोरी गर्ने तीन पक्राउ

काठमाडौँको सिनामङ्गलबाट नजिर अन्सारीको साथमा रहेको सुनका गरगहना तथा नगद चोरी गर्ने तीन जनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सुनका गहना चोरी गरेको आरोपमा पक्राउ

पोखरा। कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

पोखरामा ९ जना वृद्धा महिलाका सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ

कास्की - पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भइ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छन् । श्रेष्ठले पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयाे । श्रेष्ठले ९ जना पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताउनु भ...

मोरङमा गहना र नगद चोरी गरेको आरोपमा पक्राउ

काठमाडौं । मोरङमा सुनका गहना तथा नगद चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सुनका विभिन्न गहना र नगद ४६ हजार रुपैयाँ चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न...

सुनका गहना तथा नगद चोरी गर्ने किशोर पक्राउ

मोरङ। सुनका विभिन्न गहना तथा नगद ४६ हजार रुपैयाँ चोरी गरेका आरोपमा विराटनगर महानगरपालिका–१३ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–८ मधुमारा बस्ने ४३ वर्षीय राजेश साहको घरबाट असार २९ गते राति सुनका विभिन्न गहना तथा नगद चोरी गरेको घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ । एक थान मंगलसुत्र, एक […]

काँडाघारीबाट सुन र नगद चोरी

काठमाडौं महानगरपालिका–३२ स्थित काँडाघारीबाट सुन तथा नगद समेत करिब ६ लाख ५३ हजार चोरी भएको छ । आइतबार राति सिन्धुपाल्चोक घर भई काँडाघारीमा बस्ने यादव केसीको कोठाबाट ३० हजार नगद र सुनका गहना चोरी भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।चोरीमा संलग्नहरूले केसीको कोठा फोडेर चोरी गरेका थिए । चोरीमा संलग्नहरु फरार छन् । घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

रुरुक्षेत्र गाउँपालिकाको वडा कार्यालय तोडफोड गरी नगद चोरी

गुल्मी : रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय तोडफोड गरी नगद चोरी भएको छ। आइतबार राति कार्यालय तोडफोड गरी कार्यलयमा रहेको टेवलको लकरमा रहेको पाँच हजार र दराजमा रहेको ६० हजार गरी कुल ६५ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।यस्तै, सोही वडाको विष्णुबहादुर सिंजालीको होटलबाट ६ हजार, विष्णु पौडेलको घरबाट ४० हजार, पाँच तोला बराबरको सुनका गहना, चार तोला बराबरको चाँदीको पाउजु चोरी भएको छ। यस्तै, सोही वडाकै गणेश पौडेलको संगम होटलबाट नौ हजार, नवराज बस्नेतको घरबाट ५५