रुरुक्षेत्र गाउँपालिकाको वडा कार्यालय तोडफोड गरी नगद चोरी

गुल्मी : रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ को वडा कार्यालय तोडफोड गरी नगद चोरी भएको छ। आइतबार राति कार्यालय तोडफोड गरी कार्यलयमा रहेको टेवलको लकरमा रहेको पाँच हजार र दराजमा रहेको ६० हजार गरी कुल ६५ हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।यस्तै, सोही वडाको विष्णुबहादुर सिंजालीको होटलबाट ६ हजार, विष्णु पौडेलको घरबाट ४० हजार, पाँच तोला बराबरको सुनका गहना, चार तोला बराबरको चाँदीको पाउजु चोरी भएको छ। यस्तै, सोही वडाकै गणेश पौडेलको संगम होटलबाट नौ हजार, नवराज बस्नेतको घरबाट ५५

सम्बन्धित सामग्री

कालीगण्डकीको वडा कार्यालयसहित सात स्थानमा तोडफोड, नगद चोरी

गुल्मी : कालीगण्डकी गाउँपालिका वडा नम्वर १ को कार्यालय तोडफोड भएको छ। आइतबार राति अज्ञात समूहले वडा कार्यालय तोडफोड गरेको वडा अध्यक्ष ठानीश्वर पाण्डेले जानकारी दिए। वडा कार्यालयका कम्प्युटर र ल्यापटप सुरक्षित रहेको पाण्डेले बताए।यस्तै‚ रवीन्द्र पाण्डेको घरको कोठा तोडफोड गरी २२ हजार रुपैयाँ र मोवाइल चोरी भएको छ। रुक्मागत पाण्डेको घरको कोठाबाट पनि २० हजार रपैयाँ चोरी भएको स्थानीय गोपाल पाण्डेले बताए।विष्णु पाण्डेको पसल‚ डिल्लीराम पाण्डे, पुरुषोत्तम पाण्डेको घर पनि तोडफोड भएको वडा