पोखरामा ९ जना वृद्धा महिलाका सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ

कास्की - पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भइ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छन् । श्रेष्ठले पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिनुभयाे । श्रेष्ठले ९ जना पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताउनु भ...