बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी कर नागरिक एपबाटै तिर्न सकिने व्यवस्था गरेको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री बनाउने क्रममा नागरिक एपमार्फत राजस्व भुक्तानीको व्यवस्था गर्न लागिएको जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार आगामी साउन १ देखि सेवाग्राहीले नागरिक एपबाटै सवारी साधनसम्बन्धी राजस्व भुक्तानी गर्न सक्नेछन् । यसका लागि सवारीधनीले नागरिक एपमा रहेको ‘सवारी कर’ पोर्टलमा गएर आफ्नो सवारी साधनसम्बन्धी विवर...