चितवनमा – चितवनमा रगतको अभावपछि आज बुधवार काठमाण्डाै र पोखराबाट ल्याइँदैछ । पोखराबाट चार सय र काठमाण्डाैबाट ४५ युनिट रगत ल्याउन लागिएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरमार्फत विगत १० दिनदेखि रक्तदान कार्यक्रम नभएपछि यहाँ रगतको अभाव भएको हो । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार खेतीपाती मौसम र गर्मीका कारण सङ्घ–संस्थाले रक्तदान कार्यक्रम नगरेका हुन् ।
यहाँ दैनिक एक सय ५० युनिट रगतको माग हुने गर्दछ । रगतको अभावमा बिरामीको उपचार नै कठिन हुन थालेपछि प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराबाट ओ, ए र बी ...