तराईका मुख्य सहरमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराईका जिल्लामा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालगन्ज, वीरगन्ज, भरतपुर, बुटवल, भैरहवा, विराटनगर, हेटौँडालगायत तराईका सहरमा रगतको अभाव देखिएको हो । तराईका कतिपय स्थानको तापक्रम ४४ डिग्रीभन्दा बढी भएको, गर्मीले अस्पतालमा बिरामीको सङ्ख्या बढेको, अत्यधिक गर्मीका कारण रगत सङ्कलन गर्न नसक्दा रगतको चरम अभाव हुन पुगेको हो ।
अत्यधिक गर्मी र तातो हावा ‘लु’ का कारण रक्तदान गर्ने घट्दै गएपछि नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको छ । पश्चिम नेपालको तीन वटा प्रदेशको स्वास्थ्य ‘हब’ बन्दै गएको नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रमा गर्मीका कारण रगत दिन आउने घटेपछि रगतको मौज्दात अत्यन्त न्यून हुँदा रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताउनुभयो । उहाँले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अति नै गम्भीर बिरामीलगायत दुर्घटनामा परेका बिरामीको पनि प्रमुख उपचार गर्ने थलो बनेको नेपालगन्ज र कोहलपुरमा रगत अभावले बिरामीलाई समस्या हुन थालेको बताउनुभयो ।
१८ वैशाख, चितवन । गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले गर्दा अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या बढ्दो तर रक्तदान कार्यक्रमको आयोजना कम हुन थालेकाले यहाँ रगतको अभाव देखिएको हो ।
प्रादेशिक रक्तसञ्चार …