केन्द्रीय सुरक्षा समिति बैठकले चारवटै सुरक्षा निकायलाई मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेश भा निर्वाचनका लागि ‘निर्वाचन सुरक्षा रणनीति’ बनाएर पेस गर्न निर्देशन दिएको छ ।गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार बसेको बैठकले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र राष्ट्रिय अनुसन्धान विभाग (राअवि)लाई आगामी बैठकमा निर्वाचन सुरक्षा रणनीति पेस गर्न निर्देशन दिएको हो ।