भाेट हालेर छानिन्छन् 'भलमन्सा’

धनगढी उपमहानगरपालिकास्थित भादा गाउँका ३३ वर्षीय सन्तबहादुर चौधरीले गाउँको थारु समुदायमा ‘भलमन्सा’ को जिम्मेवारीमा रहेर काम गरेको ११ वर्ष पुगेको छ । एघार वर्षअघि थारु समुदायले आफ्नै शैलीमा गरेको मतदानको प्रक्रियाबाट उहाँले आफ्ना प्रतिस्पर्धी तीन जनालाई ५७ मतले पराजित गर्दै भलमन्सा पदमा विजयी हुनुभएको थियो । निर्वाचित भएपछि वर्षेनी गरेको कामको मूल्याङ्कनका आधारमा गाउँवासीले उहाँलाई भलमन्साको जिम्मेवारी दिँदै आएका छन् । भादा गाउँ थारु समुदायको नमूनाको गाउँ पनि हो । शतप्रतिशत घरधुरी थारु समुदाय रहेको यो गाउँमा भादा होम स्टे (भादा गाउँ घरवास कार्यक्रम) सञ्चालन हुँदै आएकामा पछिल्लो पटक कोरोनाको कहरका कारण यो कार्यक्रम भने प्रभावित भइरहेको छ । “यस वर्ष पनि भलमन्सा छनौटका बारेमा भेला गर्ने तयारी भइरहेको छ”, पदको जिम्मेवारी बहन गरेबापत् पारिश्रमिकको रुपमा खाद्यान्न पाइरहेका उहाँले भन्नुभयो, “गाउँवासीको भेलाले गर्ने निर्णय आफूले मान्नै पर्ने हुन्छ ।” घरमा भाइहरुबीच अंशबण्डा हुँदा बढेको घरायसी जिम्मेवारीका कारण कैलालीको हसुलिया गाउँका भलमन्सा रामबहादुर चौधरीले तीन वर्षअघि नै गाउँको भलमन्साको जिम्मेवारी छोड्नुभएको थियो । हाल भलमन्साको जिम्मेवारीमा रहनुभएका भोला चौधरी पुनः उक्त पदमा बस्ने नबस्ने टुङ्गो माघ ३ गते हुने भेलावाट लाग्ने उहाँ बताउनु हुन्छ । पदमा बसेर काम गर्न नसक्नेलाई भने पदमुक्त गरेर अर्को व्यक्तिलाई भलमन्साको जिम्मेवारी दिइने गरिन्छ । कतिपयले स्वेच्छाले पनि यो जिम्मेवारीबाट अलग हुने गर्छन् । थारु समुदायमा मुख्य व्यक्तिको रुपमा रहने भलमन्सालाई सकभर सर्वसम्मतिले र त्यसो हुन नसके निर्वाचन प्रक्रिया अथवा गोला (चिट्ठा) प्रक्रिया अपनाएर प्रजातान्त्रिक ढङ्गले छनौट गर्ने गरिन्छ । माघ महिना शुरु हुन लागेसँगै यतिवेला कैलाली र कञ्चनपुर जिल्लामा बसोवास गर्ने चौधरी थारु समुदायमा ‘माघी’ अर्थात् माघे सङ्क्रान्ति पर्वको रौनक देखिँदा गाउँको मुख्य व्यक्ति ‘भलमन्सा’ को पदमा कस्तो व्यक्तिलाई छनौट गर्ने भन्ने विषयले प्राथमिकता पाउन थालेको छ । कोरोनाको जोखिम हुनसक्ने भन्दै कतिपय बस्तीमा यस्तो भेला गर्न भने केही असहज भइरहेको बताइएको छ ।

सम्बन्धित सामग्री

भाेट माग्दै रामसहायले पठाए सांसदहरूलाई म्यासेज

जनता समाजवादी पार्टी, नेपालको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार बनेका रामसहाय प्रसाद यादवले सांसदहरूसँग भाेट माग्दै मोबाइल सन्देश पठाएका छन् ।

भाेट माग्न प्रकाशमान सिंहकाे घर पुगे गगन र शेखर

काठमाडाैँ- कांग्रेस संसदीय दलको नेताका लागि उमेदवारी दिएका महामन्त्री गगन थापा र उनका प्रस्तावक डा. शेखर काेइराला प्रकाशमान सिंहकाे घरमा भाेट माग्न पुगेका छन्। थापा र काेइराला मंगलबार सहयाेगकाे अपेक्षासहित साँझ सिंह निवास पुगेका हुन्।  बेला-बेलामा आफू पनि प्रधानमन्त्रीकाे याेग्य रहेकाे बताउँदै आएका सिंह भने देउवातिरै छन्। संसदीय दलको नेता चयनका लागि आज(बिहीबार) मतदान हुँदैछ। […]

प्रदीप पौडेल भन्छन्- अहिले मौका दिनुस्, अर्काेचाेटि भाेट माग्नै पर्नेछैन

नेपाली कांग्रेसबाट काठमाडौं ५ का उम्मेदवार प्रदीप पौडेलले एकपटक अवसर दिए अर्को पटक भाेट माग्न नपर्ने गरी काम गर्ने बताएका छन् ।

डाेकाेबाटै भाेट दिएर अस्ताए खड्का

जाजरकोट : जुनिचाँदे गाउँपालिका-४ का ७४ वर्षीय सार्के खड्काकाे भाेट दिएको पाँच मिनेटमै निधन भएको छ। डाेकाेमा आएर मतदान गरेका खड्काले छाेराेलाई भाेट दिने इच्छा पूरा गरेर अस्ताएका हुन्।उनका छाेरा भीमबहादुर खड्का जुनिचाँदे-४ बाट वडाध्यक्षका उम्मेदवार थिए। उनकाे अन्तिम इच्छा छाेरा र अन्य उम्मेदवारलाई भाेट हाल्ने रहेकाे नाति रेशम खड्काले बताए।

रेनु दाहालले हालिन् भाेट

काठमाडाैँ- भरतपुर महानगरपालिकाकाे मेयरकी उम्मेदवार रेनु दाहालले भाेट हालेकी छन्। दाहालले भरतपुर महानगरपालिका-१४ मा रहेको आधारभूत विद्यालय सुन्दरबस्तीको मतदान केन्द्रबाट भाेट हालेकी हुन्।

एमाले महासचिव शंकर पाेखरेलले हाले भाेट (तस्बिरसहित)

दाङ- नेकपा एमालेका महासचिव शंकर पाेखरेलले भाेट हालेका छन्। पाेखरेलले तुलसीपुर उपमहानगरपालिका-१९ स्थित जनता क्याम्पस बिजाैरीबाट भाेट हालेका हुन्।

केशव स्थापितले हाले भाेट (तस्बिरसहित)

काठमाडाैँ- काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले भाेट हालेका छन्। स्थापितले काठमाडाैँ-२८ स्थित बागबजारमा रहेकाे पद्मकन्या क्याम्पसमा भाेट हालेका हुन्। उनी नेकपा एमालेबाट मेयरका उम्मेदवार हुन्।

जब पूर्वमुख्यमन्त्री गुरुङले आचारसंहिताविपरीत भाेट मागे…

काठमाडाैँ- गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भाेट मागेका छन्। आफ्नाे आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियाे सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत भाेट मागेका हुन्। मंगलबार मध्यराति १२ बजेबाट माैन अवधि सुरु भइसकेकाे अवस्थामा उनले भाेट मागेका हुन्। उनकाे पाेस्टमा ‘सूर्य पश्चिमबाट उदाउँदैछ’, ‘प्रतिगामी र […]

ख्याल–ख्यालमा भाेट नदिनुस् : अध्यक्ष लिङ्देन

काभ्रेपलाञ्चाेक – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावमा साेचेर र विचार गरेर राम्राे मान्छेलाई भाेट दिन आग्रह गर्नुभएकाे  छ । बेरोजगारी, गरिबी, अविकसितको अन्त्य कुनै भगवान् आएर गर्ने नभइ नेता र राजनीति, सरकार र पार्टीले गर्ने भएकाले अध्यक्ष लिङ्देनले विचार गरेर भाेट दिन आग्रह गर्नुभएको हाे ।  राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला कार्यसमितिले आज शुक्रवार बनेपामा आयोजना गरेको चुनावी सभामा उहाँले आफ्नो जीवनकालमा सबैखाले अभावको अन्त्य भएको देख्न चाहनेले ख्याल–ख्यालमा भोट नदिन आग्रह ...