काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वातावरणीय जागरणका लागि आज गुह्येश्वरी–धाप बाँधको यात्रा गरेका छन्।एमालेको काठमाडौँ जिल्ला कमिटी आयोजनामा पूर्वप्रधानमन्त्री ओलीको नेतृत्वको टोलीले पशुपति-गुह्येश्वरीबाट बागमती करिडोर–सुन्दरीजल हुँदै आलापोटसम्मको यात्रा गरेको हो। यात्राका क्रममा अध्यक्ष ओलीले काठमाडौँ उपत्यकामा पानीका स्रोतहरूको व्यवस्थापन गर्ने र नदीहरूलाई सफा बनाउन यस्ता बाँध निर्माण अगाडि बढाउन अत्यावश्यक भएकाले त्यसतर्फ अविलम्ब लाग्न सरकार र सम्बन्धित निकायल
काठमाडौं उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्काे नागमती बाँध (ड्याम) बनाउन लागिएको छ। उपत्यकाको पूर्वाेत्तर गोकर्णेश्वर नागरपालिका-१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा धाप बाँधको निर्माण सम्पन्नपछि अर्काे नागमती बाँँध निर्माणको प्रक्रिया सुरु गरिएको हो। वर्षायाममा खेर जाने पानी संकलन गरेर हिउँदमा बागमतीमा पानीको बहाव बढाउने प्रमुख उद्देश्यले […]
नागमती क्षेत्रमा जलाशययुक्त बाँध बनाउँदा काठमाडौंको गोकर्णेश्वरस्थित नागमती क्षेत्रका सानाठूला गरी ८० हजार रुख कटान गरिने भएको छ । बागमती तथा आसपासका नदीमा पानी प्रवाह गर्न दुई वर्षपछि एसियाली विकास बैंकको...
१९ भदौ, काठमाडौं । सुख्खा मौसममा बागमती नदीको बहाव बढाउने उद्देश्यले प्रस्तावित नागमती बाँध निर्माणको प्रक्रियाले गति लिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय मातहतको बागमती सुधार आयोजनाको एक अंगका रुपमा नागमती बाँध आयोजनाको काम अगाडि बढेको हो । बागमती सुधार आयोजनाका प्रमुख कृष्णप्रसाद रिजालका अनुसार सुख्खा मौसममा बागमतीमा पानीको बहाव बढाउन अगाडि बढाइएको […]
–हरि लामिछानेबागमती नदीको जल प्रवाहलाई कायम राखी ‘जीव भू–रासायनिक चक्र’ को प्रवर्द्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ । काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण भइरहेको यो संरचना धार्मिक, सांस्कृतिक एवं इतिहाससँग पनि गाँसिएको छ ।बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गर्न थालिएको धाप बाँध (ड्याम) अन्तिम चरणमा पुगेको छ । ड्यामको
४ असोज, काठमाडौं । बागमती नदीमा सफा पानी बगाउने उद्देश्यले गोकर्णेश्वर नगरपालिका–१ धाप ड्यामबाट छाड्ने पानी अन्तै मोडिने भएको छ । सुन्दरीजल जलविद्युत, केयूकेएल, मेलम्ची खानेपानी आयोजना, डाँछी खानेपानी आयोजना लगायतले बागमती जलाधार क्षेत्रमा बाँध बाँधेर पानी तर्काएकाले धाप जलासयबाट पठाइएको सबै पानी बागमतीमा नपुग्ने भएको हो । बागमतीको सहायक नदी नागमतीको पानी मुलखर्क भन्ने […]
बागमती नदीमा सफा पानी बगाउने उद्देश्यले बागमती धापमा बाँध निर्माण भएको छ । बागमती धाप परियोजनाअन्तर्गतको यस बाँध निर्माणको ९८ प्रतिशत काम सकिएको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । समितिका...
काठमाडौं उत्यकाको पहिचान बोकेको वागमती नदीलाई बचाउन नदीको उद्गमस्थलमा बाँध निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको छ । मानवीय कारणले बागमती नदीको पहिचान नै लोभ हुने अवस्था सिर्जना भएपछि नदीमा हिउँदको समयमा पनि पानी बगाउने गरी शिवपुरी राष्ट्रिय निकुञ्जको धापमा बाँध निर्माण गरिएको हो ।
बागमती नदीमा जल व्यवस्थापन तथा सफा पानी प्रवाह गर्ने उद्देश्यसहित निर्माण गरिएको धाप बाँध आयोजनाको उद्घाटन गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्मित सो बाँध सुन्दरीजलबाट २१ किलोमिटर दुरीमा अवस्थित छ ।