विवादित बाँध निर्माणमा दबाब दिन ओलीले गरे गुह्येश्वरी-धापड्याम यात्रा

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वातावरणीय जागरणका लागि आज गुह्येश्वरी–धाप बाँधको यात्रा गरेका छन्।एमालेको काठमाडौँ जिल्ला कमिटी आयोजनामा पूर्वप्रधानमन्त्री ओलीको नेतृत्वको टोलीले पशुपति-गुह्येश्वरीबाट बागमती करिडोर–सुन्दरीजल हुँदै आलापोटसम्मको यात्रा गरेको हो। यात्राका क्रममा अध्यक्ष ओलीले काठमाडौँ उपत्यकामा पानीका स्रोतहरूको व्यवस्थापन गर्ने र नदीहरूलाई सफा बनाउन यस्ता बाँध निर्माण अगाडि बढाउन अत्यावश्यक भएकाले त्यसतर्फ अविलम्ब लाग्न सरकार र सम्बन्धित निकायल

सम्बन्धित सामग्री

‘संघीय कानून निर्माणका लागि संघ सरकारसँग लड्नुपरेको छ’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयता अनुकूलका कानून निर्माणमा ढिलाइ नगर्न संघीय सरकारलाई दबाब दिएका छन्।...

विद्युत् पूर्वाधार निर्माणमा दबाब बढाउँदै सुदूरपश्चिम

सेती करिडोर पश्चिम सेती नदीमा प्रस्तावित आयोजनाबाट उत्पादन हुने करिब दुई हजार मेगावाट बिजुली भारतसम्म पुर्‍याउन सक्ने योजना छ।...

‘नारायणगढ–बुटवल सडक खण्ड निर्माणमा अझै डेढ वर्ष लाग्ने अवस्था छ’

काठमाडौं, २१ असोज । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डका जनताले चार वर्षदेखि धुवाँ–धुलो खाइरहेका छन् । त्यस खण्डमा यात्रुले भोग्नुपर्ने सकस त छँदै छ । १८० किलोमिटर सडक पार गर्न ६–७ घन्टासम्म लाग्छ । स्थानीयले काम चाँडै सक्न निरन्तर दबाब दिए पनि एसियाली विकास बैंक (एडीबी) का कन्सल्ट्यान्ट र ठेकेदार कम्पनीलाई कम्तीमा डेढ वर्ष लाग्ने बताएका […]

सडक निर्माणमा दबाब दिन स्थानीयवासी आन्दोलित

विराटनगर । काम नसकी बीचमै अलपत्र छाडिएको हुलाकी सडक निर्माण तत्काल शुरू गर्न माग गर्दै मोरङ कटहरीका स्थानीयवासी आन्दोलित भएका छन् । काम थालेको वर्षौं बित्दासमेत हुलाकी सडक निर्माण पूरा नभएपछि स्थानीयवासीले आइतवारदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिन थालेका छन् । शुक्रवार स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र दिँदै आन्दोलनबारे जानकारी दिएका थिए । हुलाकी सडक अन्तर्गत मोरङमा पाँचओटा निर्माण कम्पनीले काम गरिरहेका छन् । नागरिक संघर्ष समितिको अगुवाइमा स्थानीय राजनीतिक दलका नेता, पूर्व जनप्रतिनिधि र स्थानीयवासी धर्नामा बसेका हुन् । आफ्ना माग पूरा नभएसम्म हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म धर्नामा बस्ने उनीहरूले बताएका छन् । धर्नामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र कटहरी उद्योग वाणिज्य संघका पदाधिकारीले पनि ऐक्यबद्धता व्यक्त गरेका छन् । हुलाकी सडक समयमै निर्माण नहुँदा मोरङका रतुवामाई, सुनवर्षी, रंगेली नगरपालिकाका साथै धनपालथान र कटहरी गाउँपालिकाका सर्वसाधारणले सास्ती खेप्दै आएको आन्दोलनका अगुवा मृत्युञ्जयकुमार झाले बताए । उनले भने, ‘हिउँदमा सडकको धूलो र बर्खामा हिलोका कारण यस क्षेत्रका बासिन्दा निकै पीडित छन् ।’ राष्ट्रिय गौरवको आयोजनामा पर्ने हुलाकी राजमार्गको काम शुरू भएको ४ वर्ष भइसक्दा पनि पूरा हुने संकेत छैन । मोरङको रतुवा खोलादेखि विराटनगरको केशलिया खोलासम्मको ४४ किलोमिटर सडक खण्डमा ८० प्रतिशत खर्च भइसक्दा भौतिक प्रगति करीब आधा मात्र भएको बताइएको छ । रू. ३ अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र भएको बताइएको छ । २०७६ सालमा ३ वर्षभित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० कात्तिकसम्म पुर्‍याइएको थियो । तर अहिलेसम्म १६ किलोमिटर सडक मात्र कालोपत्र भएको छ ।

बजेट निर्माणमा दबाब दिने कर्मचा कारबाहीमा

काठमाडौं, ५ असार । कर्णाली प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणका क्रममा दबाब दिने कर्मचारीलाई कारबाही गरेको छ । आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले आज पत्रकार भेटघाट कार्यक्रममार्फत बजेट निर्माणका क्रममा अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही गरिएको बताएका हुन् । कारवाही गरिएका कर्मचारीको नाम सार्वजनिक नगरे पनि आयोगले प्रेस विज्ञप्तिमार्फत मुख्य भूमिकामा […]

चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणमा युवाको दबाब

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणका लागि युवाले दबाब दिन थालेका छन् । धुलाम्मे सडकका कारण हुने वायु प्रदूषणले निकुञ्जका जनावरलाई हानी गरेको भन्दै युवाहरूले धुलोरहित सडक निर्माणका लागि सम्बन्धित पक्षलाई दबाब दिन थालिएको स्थानीय नेत्रप्रसाद भुसालले जानकारी दिए ।  उनका अनुसार समृद्धिका लागि युवा अभियान माडीको नेतृत्वमा सोमबार मोटरसाइकल र्‍यालीसमेत निकालेको थियो । […]

समयमै पुल नबने पछि स्थानीयको दबाब

रौतहट । रौतहटको चन्द्रपुर–४ स्थित गैंडाटार चाँदी नदीमा निर्माणाधीन पुल अलपत्र परेपछि स्थानीयले निर्माण अगाडि बढाउन दबाब शुरू गरेका छन् । पप्पु–शिवशंकर जेभीले २ वर्षमा सम्पन्न गर्नेगरी २०७४ असार ३१ मा २५ करोड ३६ लाख २४ हजार रुपैयाँमा ठेक्का पारेको थियो । तर सम्झौताको  साढे ५ वर्ष बित्दा पनि पुल सम्पन्न भएको छैन । निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरेपछि आगामी असार मसान्तसम्म सक्नेगरी तेस्रोपटक म्याद थपिएको छ । पुल निर्माणको काम सुस्त भएपछि स्थानीयले विरोध गर्दै आएका छन् । पुल निर्माण नियमित नभए डिभिजन सडक कार्यालयका सबै सेवा बन्द गराउने र पूर्वपश्चिम राजमार्गमा अनसन बस्ने स्थानीयले चेतावनी दिएका छन् । डिभिजन सडक कार्यालय रौतहटका प्रमुख दरोगाप्रसाद साह र ठेकेदार दयाराम साहलाई निर्माणस्थलमै बोलाएर स्थानीयले  पुल निर्माणका लागि दबाब दिएका हुन् । दबाबपछि निर्माण कम्पनीले काम शुरू गरेको छ । काम शुरू भए पनि निरन्तरतामा शंका रहेकाले दबाब कायमै राख्ने चन्द्रपुर–३ का अध्यक्ष रवि देवकोटाले  बताए । पुल निर्माणमा कुनै बाधा नभए पनि निर्माण कम्पनीको लापरबाही र बेवास्ताले निर्माणमा ढिला भएको उनको भनाइ छ । डिभिजन सडक प्रमुख साहले पुलको काम ५ महीनादेखि बन्द रहेकाले समय लागेको भए पनि अब काम शुरू भएकाले दुई–तीन महीनामै सम्पन्न हुने बताए । अहिलेसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको र थपिएको समयभित्र काम गर्न सडक कार्यालयले पनि निर्माण कम्पनीलाई दबाब दिइरहेको उनले बताए । पुल नहुँदा गैंडाटारका स्थानीयले बर्खाको समयमा जोखिमपूर्ण रूपमा यात्रा गर्नुपर्ने बाध्यता छ ।

बजेट निर्माणमा अनधिकृत मान्छे प्रवेशबारेछानबीन गर्न प्रमलाई दबाब

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानवीन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् ।पूर्वसभामुख समेत रहेका उपनेता नेम्वाङले आफ्नो पार्टीले संसद्मा सो कुरा उठाएपछि अर्थ मन्त्रालयको फुटेज हेरेर भएपनि त्यो तथ्य बाहिर ल्याउन प्रधानमन्त्री देउवालाई […]

प्रधानमन्त्रीलाई नेम्वाङको दबाब : अर्थ मन्त्रालयको फुटेज बाहिर ल्याइयाेस्

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत मान्छे सामेल गराएको भन्ने विषयमा तत्काल छानविन गरी सत्यतथ्य बाहिर ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्। संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्थ मन्त्रालयको फुटेज हेरेर भए पनि घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेका हुन्। प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा सो कुरा उठाउने तर अर्थमन्त्रीले