–हरि लामिछानेबागमती नदीको जल प्रवाहलाई कायम राखी ‘जीव भू–रासायनिक चक्र’ को प्रवर्द्धन हुने गरी निर्माण गर्न लागिएको धाप र नागमती ड्यामले दिगो विकासको नयाँ नमुना प्रस्तुत गरेको छ । काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण भइरहेको यो संरचना धार्मिक, सांस्कृतिक एवं इतिहाससँग पनि गाँसिएको छ ।बागमती नदी प्रवाहमा सुधार ल्याउने उद्देश्यका साथ निर्माण गर्न थालिएको धाप बाँध (ड्याम) अन्तिम चरणमा पुगेको छ । ड्यामको