काठमाडौँ,११ पुष । मुस्ताङका कृषकलाई हिजोआजा स्याउ बगैँचा व्यवस्थापनको चटारो छ । मुस्ताङको प्रमुख निकासीयोग्य कृषिउपज स्याउ हो । दाना टिपेर पात झरेर रित्ता बनेका स्याउका बोटबाट अनावश्यक हाँगा हटाउने, जरामा मल राख्ने, गोडमेल र सिँचाइ गर्ने काममा कृषक जुटेका हुन् । भदौ असोजमा स्याउको दाना टिप्ने गरिन्छ । फूल खेल्नु र हिउँ पर्नु अघिनै […]