खुर्पानीको फूल खेल्ने बेला मुस्ताङमा हिउँ पर्दा कृषक उत्साहित

हिमालपारीको जिल्ला मुस्ताङमा खुर्पानीमा फूल खेल्दै गरेको समयमा शनिबार एक्कासी हिमपात हुँदा कृषक उत्साही भएका छन् । स्याउ तथा खुर्पानी लगायतका फलफूलको फूल खेल्ने समय हुँदै गर्दा यही समय हिमपात हुँदा सिंचाइका लागि पनि सहज भएको मार्फाका अगुवा कृषक दिपक लालचनले बताउनुभयो । लालचनका अनुसार अहिले भर्खरका लागि सिंचाइ गर्ने समय हो र अब हिमपातले गर्दा सिंचाइ भर्खरै गरी हाल्न पर्दैन । त्यस्तै अग्ला डाँडाहरुमा हिउँ रहने हुँदा बर्खाको समयमा पनि सिंचाइका लागि हिउँ पग्लेर बगी रहने हुँदा समस्या हुँदैन ।