धनगढी : समुद्री सतहबाट ४ हजार २१९ मिटर उचाइमा रहेको बाजुराको बडिमालिका प्राकृतिक सौन्दर्यको खानी नै हो।यो स्थान प्राकृतिक, धार्मिक तथा सांस्कृतिक हिसाबले निकै प्रसिद्ध तीर्थस्थल हो। यहाँ हिउँ कुल्चँदै सुन्दर हिमालको दृश्यावलोकन गर्न पाइन्छ।अथाह मनोरम प्राकृतिक दृश्यहरू बोकेको बडिमालिकाकालाई सुदूरपश्चिमको गहनाकै रूपमा चिनिन्छ। बडिमालिकाको सौन्दर्यले जो पनि मन्त्रमुग्ध हुन्छ। यहाँ विशाल फाँटहरू छन्। अनेकन प्रजातिका फूल फुल्छन्।यस्तै, बडिमालिकाले ध