डा. शेखर कोइराला र उनको प्यानलमा रहेका नेताहरूले पदाधिकारीमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा शेखरले संस्थापनइतरबाट आधिकारिक उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका हुन् ।
शेखरको प्यानलबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले उम्मेदवारी दिएका छन् । महामन्त्रीमा प्रभावशाली युवा नेता गगन थापा र मीनेन्द्र रिजालको उम्मेदवारी परेको छ ।
सहमहामन्त्रीमा खुलातर्फ देवराज चालिसे, महिलामा कमला पन्त, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, मधेशीबाट रामकृष्ण ...