२२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाहरुले ६ महिनामा औसत १९ प्रतिशत मात्र बजेट खर्च भएको पाइएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा काठमाडौंका ३२ वटै वडाको औसत बजेट खर्च १८.८४ प्रतिशत रहेको छ । महानगरका तथ्यांक अधिकृत कृष्णराज तिवारीका अनुसार अर्धवार्षिक समीक्षामा प्राप्त विवरणका आधारमा यस्तो तथ्यांक आएको हो । […]