काठमाडौं । नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ । नेपाल तरुण दल केन्द्रीय समितिले गण्डकी प्रदेश र प्रदेश २ बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु राखेको थियो ।तीव्र गतिमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसको महामारीका कारण गण्डकी प्रदेशको पोखरा (२०७८ बैशाख १२ र १३) र प्रदेश २ को बारा (२०७८ जेठ १ र २०) लगायत देशका सम्पूर्ण प्रदेशहरूमा गर्न लागिएको बृहत तरुण सम्मेलन र प्रशिक्षण कार्यक्रमहरु हाललाई घोषित मितिमा नहुने गरी