प्रशिक्षक व्हाटमोरसँगको क्रिकेट क्लिनिक स्थगित

नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक डेभ व्हाटमोरसँगको क्रिकेट क्लिनिक स्थगित भएको छ । नेपाल क्रिकेट संघले प्रशिक्षक व्हाटमोरसँग स्थानीय खेलाडीको साक्षात्कार र प्रशिक्षण कार्यक्रम लिएर सातवटै प्रदेश पुग्ने कार्यक्रम तय गरेको थियो । नेपाल क्रिकेट संघले त्रिदेशीय टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको पूर्ब तयारीलाई ध्यानमा राखेर क्रिकेट क्लिनिक स्थगित गरिएको जनाएको छ । प्रदेश १ को बिराटनगमा भने गत् साता मात्रै क्रिकेट क्लिनिक सम्पन्न भएको थियो । चैत्त १८ गतेदेखि प्रदेश २ मा ‘नेपाल क्रिकेट आउटरिच प्रोग्राम विथ डेभ व्हाटमोर’ हुने तय भएको थियो । तर त्रिदेशीप कप क्रिकेटका लागि खेलाडीको छनौट, बन्द्र प्रशिक्षण गर्नुपर्ने भएकोले तात्कालका लागि स्थगित गरिएको हो ।

सम्बन्धित सामग्री

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण स्थगित

नेपाल क्रिकेट संघ(क्यान)ले राष्ट्रिय क्रिकेट टोलिको बन्द प्रशिक्षण स्थगित गरेको छ । नेपाल, नामीबिया र स्कटल्याण्ड सम्मिलित आईसीसी लिग डिभिजन २ अन्तगर्तको खेल स्पेनमा हुने तय भएको थियो । तर उक्त त्रिदेशीय श्रृंखला एक वर्षका लागि पर धकेलिएपछि संघले तयारी स्वरुप सुरु गरेको बन्द प्रशिक्षण समेत स्थगित गर्ने निर्णय गरेको छ । संघका अनुसार खेलाडीले भने प्रमुख प्रशिक्षक डेभ व्हाटमोरको प्रशिक्षणमा सानो समूह बनाएर अभ्यास गर्नेछन् । क्यानले उक्त श्रृखंलाको तयारीका लागि बन्द प्रशिक्षणमा सहभागी हुन गत् साता २० खेलाडीको सूची सार्बजनिक गरेको थियो । बन्द प्रशिक्षण सुरु भएको तीन दिन नबित्दै श्रृखंला स्थगित हुन पुगेको निर्णय सार्बजनिक भएको थियो ।

राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण आजबाट स्थगित

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। स्पेनमा हुने भनिएको आईसीसी विश्वकप क्रिकेट लिग–२ स्थगित भएपछि क्यानले पनि बन्द प्रशिक्षण तत्कालका लागि स्थगित गरेको हो। तथापि खेलाडीहरुले सानो समूह बनाएर कोभिड–१९ प्रोटोकल पालना गर्दै त्रिवि मैदानमा प्रशिक्षक डेभ वाटमोर र फिजियो बिक्रम न्यौपानेले अभ्यास जारी राख्ने जनाइएको छ।

खेलाडी कोरोना संक्रमित भएपछि बंगलादेश र श्रीलंकाबीचको खेल रद्द

एजेन्सी। बंगलादेश भ्रमणमा रहेको श्रीलंकान क्रिकेट टिमका बलिङ प्रशिक्षक चामिन्डा भास तथा बलर इसुरा उदाना र शिरान फर्नान्डोलाई कोरोना भाइरस संक्रमण देखिएको छ। विश्वकप सुपर लिगअन्तर्गत श्रीलंकाले आजबाट बंगलादेशविरूद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै थियो। तर खेलाडीमा कोरोना संक्रमण देखिएपछि आजको खेल स्थगित भएको बंगलादेश क्रिकेट बोर्डले जनाएको छ। अन्य खेलाडी दोस्रो आरटी-पीसीआर टेष्टको नतिजा कुरिरहेका छन्।

आइपिएलका बाँकी खेल गर्न इंग्ल्यान्ड इच्छुक

इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले १४औँ इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी खेल आयोजना गर्ने चासो देखाएका छन् । यसै मंगलबार सहभागी खेलाडी, प्रशिक्षक तथा स्टाफमा कोरोना संक्रमित भएपछि आइपिएल स्थगित भएको...

क्रिकेट टिमका मुख्य प्रशिक्षक वाटमोर श्रीलंका जाँदै

२१ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर मंगलबार श्रीलंका जाँदैछन् । कोरोनाको दोस्रो लहरपछि अहिले नेपालको क्रिकेट गतिविधि स्थगित छ । तत्काल क्रिकेट गतिविधि नभएकोले वाटमोर श्रीलंका जान लागेका हुन् । …

क्रिकेट टोलीका प्रशिक्षक वाटमोर श्रीलंका फर्किए

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर मंगलबार बिहाज श्रीलंका फर्किएका छन्। उनी स्वदेश फर्किएको क्यानका सचिव असोकनाथ प्याकुरेलले जानकारी दिए। दोस्रो लहरको कोरोना महामारीका कारण नेपाली क्रिकेट संघ (क्यान)का सम्पूर्ण गतिविधि स्थगित रहेकोले प्रशिक्षक वाटमोर स्वदेश फर्किएका हुन्। वाटमोर अब कोरोनाको स्थिती सामान्य भएपछि मात्रै नेपाल क्यानले बताएको छ।

वाटमोर सहभागी हुने क्रिकेट क्लिनिक स्थगित, त्रिकोणात्मक सिरिजपछि फेरि सुरु गरिने

१८ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर सहभागी भएको हाइ पर्फमेन्स क्रिकेट क्लिनिक तत्कालका लागि स्थगित गरेको छ । क्यानले मंगलबार क्रिकेट क्लिनिक स्थगित गरिएको जनाएको छ …