जनकपुरधाम । प्रतिनिधिसभा विघटनविरुद्ध पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा) ले विरोध प्रदर्शन गरेको छ । बुधबार जनकपुरधाममा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा जसपाले विरोध प्रदर्शन गरेको हो ।