कात्तिक १०, सन फ्रान्सिस्को (अमेरिका) । गत त्रैमासमा माइक्रोब्लगिङ वेबसाइट ट्विटरले आधा अर्ब डलरभन्दा धेरै गुमाएको छ ।
लामो समयदेखि चलिरहेको मुद्दा राफसाफ गर्नका लागि कम्पनीले ८० करोड ९५ लाख डलर तिरेपछि सेप्टेम्बरसम्मको तीन महीनामा कम्पनीलाई ५३ अर्ब ७० करोड डलर घाटा भएको हो ।
सन् २०१५ मा प्रयोगकर्ताको आबद्धताका विषयमा लगानीकर्ताहरुलाई भ्रममा राखेको आरोप कम्पनीमाथि थियो । कम्पनीले यति धेरै शुल्क तिर्दा पनि आम्दानी भने ३७ प्रतिशतले बढ्यो । यसले गर्दा एप्पलले गोपनियतामा गरेको परिवर्तनको प्रभाव कम गर्न कम्पनीले सकेको हो ।
यो खबरसँगै ट्विटरको शेयरमूल्य ३ प्रतिशतले बढेको थियो । सेप्टेम्बरमा कम्पनीले स न् २०१६ मा शेयरधनीहरुले हालेको सामूहिक मुद्दा राफसाफ गर्न सहमति गरेको थियो ।
हरेक महीना यसको प्लेटफर्ममा कति प्रयोगकर्ता सक्रिय थिए र उनीहरुले ट्विटरको टाइमलाइन कत्तिको बारम्बार हेर्ने गरेका छन् भन्नेबारे कम्पनीले गलत सूचना दिएको मुद्दामा शेयरधनीहरुले दाबी गरेका थिए । एजेन्सी