काठमाडौं – जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रदिप यादवले धितोपत्र बोर्डकै मिलेमतोमा घाटामा रहेका कम्पनीको नाफा देखाएर आइपिओ ल्याउने गरेको आरोप लगाएका छन्। अडिटरमार्फत नाफा देखाई बोर्डमा निवेदन दिने र बोर्डले पनि चेकजाँच नगरी जस्तोसुकै कम्पनीलाई आपिओ निष्कासनको स्वीकृति दिइरहेको उनको दाबी छ । आइतबार प्रतिनिधिसभाको विशेष समयमा यादवले भने, ‘अडिटरमार्फत मुनाफा देखाई धितोपत्र बोर्डमा […]