काठमाण्डाै – नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवा प्रदायक संस्थालाई निर्देशन दिएको छ ।
प्राधिकरणले आज बिहीवार सूचना प्रकाशन गरेर नेपाल विद्युत् प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो । विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी गरी पोल भाडा सम्झौता गर्न सेवा प्रदायक कम्पनीलाई गएको असोज १५ गतेसम्मको समय दिएको थियो । प्राधिकरणले दिएको समयमा सेवा प्रदायक कम्पनीले बक्यौता रकम भुक्तानी नगरेपछि गएकाे असोज १७ गते काठमाण्डाै उपत्यकालगायतका जिल्लामा इन्टरनेटको तार का...