काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते संसद बैठकमा विश्वासको मत लिने भएका छन्। संघीय संसद सचिवालयका महासचिवलाई सोमबार पत्र पठाउँदै प्रचण्डले पुस २६ गतेको बैठकमा विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन पुस २५ गतेका लागि आह्वान गरेकी छिन्। पुस २६ गते बस्ने बैठकमा प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। उनले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।&nbs