प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासकाे मत लिने

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने हुनुभएको छ ।  प्रधानमन्त्री प्रचण्डले आज साेमवार सङ्घीय संसद्का महासचिवलाई पत्र लेखी २६ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको हो । विश्वासको मत पाएपछि मात्र उहाँँले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आउनुभएको छ ।  मिलेर बनेकाे सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन...

सम्बन्धित सामग्री

विश्वासकाे मत र प्रदेश सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ – सत्ता गठबन्धनकाे बैठक आइतबार बस्दैछ। बिहान १० बजे नेकपा माओवादी केन्द्रकाे संसदीय दलको कार्यालयमा बस्ने बैठकमा गठबन्धनमा आवद्ध दलका शीर्ष नेतहारू सहभागी हुँदैछन्। आजकाे बैठकमा प्रधानमन्त्रीकाे विश्वासकाे मत र प्रदेश सरकार गठनबारे छलफल हुने स्राेतले जानकारी दिएकाे छ। नवनियुक्त प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ले’ पुस २६ गते मंगलबार संसदमा विश्वासको […]

सरकारलाई विश्वासकाे मत दिने/नदिनेबारे कांग्रेसले २६ गते बिहान निर्णय गर्ने

काठमाण्डाै – नेपाली कांग्रेसले सरकारलाई विश्वासकाे मत दिने/नदिने बारे आउँदाे २६ गते बिहान मात्रै निर्णय गर्ने जनाएकाे छ । शनिवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे । विश्वासको मत लिने दिन नै कांग्रेसले निर्णय गर्ने परम्परा रहेकाले त्यही दिन निर्णय गर्ने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।  पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदहरुले केके गर्न...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज मङ्गलवार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्षबीच भेटवार्ता भएकाे हाे ।  सरकार विस्तार एवम् सहकार्यका सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल हुँदै आएको छ । पहिलो चरणमा आठ सदस्यीय मन्त्रीमण्डल विस्तार गरेको प्रचण्ड नेतृत्वकाे सरकारले विश्वासकाे मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएकाे छ । प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने हुनुभएको...

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही पुस २६ गते विश्वासकाे मत लिने भएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासकाे मत लिनका लागि व्यवस्था गर्न सांसद्लाई निवेदन दिएका छन्। दाहाल एमालेसहित सात दलकाे समर्थनमा पुस १० गते प्रधानमन्त्री पदमा नियुक्त भइ ११ गते शपथ ग्रहण गरेका थिए। प्रधानमन्त्री नियुक्त […]