काठमाडौं : किरात राई यायोक्खाले किरात राई जातिको विवरणमा पटक पटक गम्भिर गल्ति भएको भन्दै २०७८ सालमा भएको १२ औँ राष्ट्रिय जनगणनाको विवरण वैज्ञानिक र व्यावहारिक विश्लेषण गरेरमात्र सार्वजनिक गर्न माग गरेको छ।आइतबार राष्ट्रिय तथ्यांक कार्यालयमा यायोक्खाले स्मरण पत्र बुझाउँदै तथ्यांक संकलनको बेला सही विवरण नआएपनि अब अध्ययन र विश्लेषण गरि सार्वजनिक गर्न माग गरेको हो।यायोक्खाका अध्यक्ष जीवन हाताचो राईलगायत अन्य पदाधिकारीहरूले तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेलाई स्मरण पत्र बुझाएका थिए।त्यस