नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले मन्त्रिमण्डलको सदस्यको हैसियतले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरेका छन् ।
मन्त्री नियुक्त भएपछि सोमवार पहिलोपटक पत्रकार सम्मेलन गर्दै तामाङले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरे ।
‘सार्वजनिक पदधारण गरेका सबै व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ,’ उनले भने ।
मन्त्री तामाङले कोरोनाविरुद्ध लडाइँ लड्नु आफ्नो प्राथमिकता रहेको बताए । उनले कोरोनाबाट जनतालाई बचाउनु आफ्नो प्राथमिकता रहेको बताए ।
कोरोना भाइरससँग लड्न खोपको व्य...