निर्वाचन आयोगद्वारा मतदानस्थलको विवरण सार्वजनिक (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कायम मतदानस्थलको विवरण  सार्वजनिक गरेको छ ।मंसिर ४ गते हुने सो निर्वाचनका लागि आयोगले सोमबार मतदानस्थलको विवरण सार्वजनिक गरेको हो । कुन जिल्लामा कहाँ कहाँ निश्चित गरियो मतदानस्थल ? तलको सूची हेरौं :

सम्बन्धित सामग्री

मतदातालाई सूचनामा सम्पन्न बनाउँदै निर्वाचन आयोग

काठमाडाैं । के तपाई मतदाता नामावलीमा आफ्नो नाम छ भन्नेमा ढुक्क हुनुहुन्छ ? आफ्नो मतदानस्थल कहाँ पर्छ भन्ने जिज्ञासा छ ? छ भने सजिलै थाहा पाउनुहुनेछ । निर्वाचन आयोगले आफ्नो वेभसाइट www.election.gov.np मा सबै मतदाताको क्रम सङ्ख्या, मतदाता नम्बर, मतदानस्थल, मतदाताको आमा बुबा र पति वा पत्नीको नामसहितको विवरण सार्वजनिक गरेको छ । यहाँ...

मतदातालाई सूचना सम्पन्न बनाउँदै निर्वाचन आयोग

काठमाडौं : के तपाई मतदाता नामावलीमा आफ्नो नाम छ भन्नेमा ढुक्क हुनुहुन्छ ? आफ्नो मतदानस्थल कहाँ पर्छ भन्ने जिज्ञासा छ ? छ भने सजिलै थाहा पाउनु हुनेछ। निर्वाचन आयोगले आफ्नो वेभसाइट www.election.gov.np मा सबै मतदाताको क्रम संख्या, मतदाता नम्बर, मतदानस्थल, मतदाताको आमा बुबा र पति वा पत्नीको नामसहितको विवरण सार्वजनिक गरेको छ।यहाँ आफ्नो मात्र होइन अरुको मतदाता नामावली पनि सम्बन्धित प्रदेश, जिल्ला पालिका र मतदानस्थल अन्तर्गत खोजी गर्दा भेट्न सक्नुहुनेछ।फोटो र सम्पर्क नम्बरसहितको मतदाता नामावली भने

अख्तियारलाई समेत नभएको अधिकार प्रयोग गर्दै निर्वाचन आयोग

१४ असोज, काठमाडौं । निर्वाचन आयोगले कानूनमै नभएको अधिकार प्रयोग गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले निर्वाचन आचारसंहिता मार्फत निर्वाचित उम्मेदवारको सम्पत्ति विवरण सार्वजनिक गर्ने तयारी गरेको हो । जबकि, निर्वाचनसम्बन्धी कानूनमा यस्तो व्यवस्था नै छैन । निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहिताको दफा १९ मा […]

निर्वाचन स्थगन हुने मतदान केन्द्रको संख्या ७९ पुग्यो : निर्वाचन आयोग

वैशाख ३१, काठमाडौं । यही वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको संख्या ७९ पुगेको छ ।            निर्वाचन आयोगले गएराति २२ : ०० बजेसम्म विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७४ ओटा केन्द्रमा स्थगन भएको विवरण सार्वजनिक गरेकोमा हालसम्म निर्वाचन अधिकृतका कार्यालयबाट प्राप्त सूचनाका आधारमा मतदानस्थलसहित केन्द्रको संख्या थप भएको हो ।             हालसम्म विभिन्न स्थानमा गरी ७९ ओटा मतदान केन्द्रमा स्थगन भएको आयोगले बताएको छ। आयोगका अनुसार विवाद र भड्पका कारण स्थगन भएकामा कतिपय मतदान केन्द्रमा जति मत खसिसकेको छ, त्यसैलाई आधार मानेर गणना गर्ने कि भन्ने विषयमा छलफल भइरहेकाले स्थगनको कुल संख्यामा केही थपघट हुन पनि सक्नेछ । मतदान भएका अधिकांश पालिकामा मतगणना शुरु भइसकेको छ । रासस

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ५ अर्ब ६२ करोड खर्चः निर्वाचन आयोग

२३ पुस, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ५ अर्ब ६२ करोड बढी खर्च भएको जनाएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । पुस १० र २१ मा गरी दुई चरणमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले १० अर्ब दिएको थियो । जसमध्ये …