जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा मङ्गलबार दोस्रो दिन पनि कर्फ्यु आदेश जारी गरेको छ । सोमबार बिहानदेखि सुरु भएको कर्फ्यु आदेश मङ्गलबार पनि जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनामा लेटाङको चिसाङ खोलाको पुल पूर्व, मोरङ्गी खोला पश्चिम, वडा नं.६ को कार्यालय दक्षिण र गङ्गे चौक कमलपुरबाट उत्तर निषेधाज्ञा जारी गरेको हो । आज प्रहरीले माङकिङ समेत गरेको छ । शान्ति सुरक्षा कायम राख्न र थप क्षति नहोस् भनेर कर्फ्यू आदेश गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।