काठमाडौं : आज मंसिर ४ गते। देश संघीयतामा गएपछि दोस्रोपटक संसदीय निर्वाचन भएको एक वर्ष पूरा भएको छ। देश संघीयतामा गएपछि गत वर्ष आजकै दिन दोस्रोपटक प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको थियो। २०७२ सालको संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाअनुसार तीन तहमा विभाजन गरेको थियो। संघीयतापछि जनतालाई प्रभावकारीरुपमा सेवा दिने र घरघरमा सिंहदरवार पुर्याउनेलगायतका नारा राजनीतिक दलहरूले लगाएका थिए तर संघीयतापछि आएको संसद्को दोस्रो कार्यकालको पहिलो वर्ष पूर