हालै उत्तर कोरियाली नेता किम जोङ उनले एक सभामा देखिएका थिए । यो सभामा पुगेका किम जोङ उनको एउटा भिडियो फुटेज निकै चर्चामा छ ।यो सभाको एउटा भिडियो फुटेजमा उत्तर कोरियाली नेता पहिलाको तुलनामा निकै दुब्ला देखिएका छन् ।सरकार नियन्त्रित मिडियाले आफ्नो एक खबरमा किमको खस्कँदो तौलका कारण देशका जनता चिन्तित भएको बताएको छ ।रोयटर्स न्यूज एजेन्सीले उत्तर कोरियाको सरकार नियन्त्रित मिडियालाई उद्धृत गर्दै लेखेको छ, ‘किमको हालैको फुटेज देखिएपछि उत्तर कोरियाका जो कोही मानिस किमको स्वास्थ्यको विषयमा दुःखी छन