२३ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या उकालो लागेको छ । कोरोनाको दोस्रो लहर पिकमा पुगेर क्रमशः ओरालो लागिरहेकै समयमा दैनिक पहिचान हुने नयाँ संक्रमितको संख्या बढ्नु चिन्ताको विषय भएको जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दोस्रो लहर उत्कर्षमा पुग्दा वैशाख २८ गते एकैदिन ९,४८३ जनामा संक्रमण पुष्टि भएको थियो […]