बेलायतमा कोरोना संक्रमण अप्रिलयताकै उच्च, लकडाउन लम्बिने सम्भावना

लण्डन । बेलायतमा कोरोना संक्रमण दर  निरन्तर उकालो लाग्दै गएको छ । दैनिक संक्रमण बढ्न थालेपछि सरकारको रोडम्याप अनुसार आगामी जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने योजना लम्बिन सक्ने सम्भावना बढेको छ  ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार शुक्रबार  चार  हजार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या गत अप्रिल १ तारिक पछिकै उच्च हो । बिहीबार तीन हजार ५४२ रहेको संक्रमितको संख्या एकैदिनमा ६ सय भन्दा बढी थपिएको छ । यससँगै बेलायतमा

सम्बन्धित सामग्री

बेलायतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्दै : एकै दिन झण्डै ८० हजार संक्रमित

काठमाडौं । बेलायतमा कोरोना संक्रमणले नयाँ रेकर्ड बनाएको छ । ओमिक्रोन भेरियन्टको संक्रमणसंगै बुधबार एकैदिन ७८ हजार ६ सय बढी नयाँ संक्रमित थपिएर संक्रमणको नयाँ रेकर्ड बनाएको हो । यो संख्या गत वर्ष जनवरीको उच्चतम् संक्रमण दर भन्दा बढी हो । ६ करोड ७० लाख जनसंख्या रहेको बेलायतमा १ करोड १० लाख मानिस संक्रमित भईसकेका […]

बेलायतमा कोरोना संक्रमितको संख्या बढ्यो

काठमाडौं । बेलायतमा कोरोना संक्रमण दर दिनहुँ बढ्दै गएको छ । बेलायतका स्वास्थ्य सम्बन्धी अधिकारीहरुका अनुसार त्यहाँ एकै दिन ५१ हजार भन्दा बढी कोरोना संक्रमित भएका छन् । लामो समयपछि यति धेरै संक्रमित भएका पनि जनाएका छन् । बेलायतको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा एकैदिन ५१ हजार ३ सय जना संक्रमित भएका हुन् । जव कि […]

बेलायतमा कोरोना संक्रमण घटेन, एकैदिन ४० हजार संक्रमित

बेलायतमा कोरोना भाइरसको संक्रमण झन् बढेको देखिएको यहाँको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार यहाँ अहिले पनि दैनिक कम्तीमा पनि ४० हजार जना यो भाइरसका संक्रमित भेटिएका छन् । सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार यहाँ आइतबार थप ४० हजार जनामा एकै दिनमा संक्रमण भएको छ । यो समेत गरी बेलायतमा अहिलेसम्म संक्रमित हुनेको संख्या ९८ लाख नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण ६१ जनाको मृत्यु भएको छ । योसँ

बेलायतमा कोरोना संक्रमण दर उच्च

बेलायतमा केहि समययता दैनिक कोरोना संक्रमण दर निकै उच्च रहेको छ । यहाँ एक साताभित्र दुई लाख ४६ हजार भन्दा बढी संक्रमित भएका छन् । हाल दैनिक संक्रमण दर ३० हजार माथि रहँदै आएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ३६ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् ।अघिल्लो दिन पनि संक्रमित संख्या ३४ हजारभन्दा बढी थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ७७ लाख ७१ हजार २९४ पुगेको छ । अघिल्लो साताको तुलनामा संक्रमण दर ११.३

बेलायतमा ४० प्रतिशतले बढ्यो कोरोना संक्रमण, तेस्रो लहरको जोखिम

एजेन्सी। अघिल्लो साताको तुलनामा यो साता बेलायतमा कोरोना भाइरसको संक्रमण हुनेहरूको संख्या ४० प्रतिशतले बढेको छ। बेलायतमा पछिल्लो समय कोरोना संक्रमण नियन्त्रणलाई आवश्यक मापदण्डहरूको पालना नहुँदा संक्रमण उच्च हुँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनकाअनुसार यही गतिमा संक्रमण फैलिएमा बेलायतमा छिट्टै नै तेस्रो लहरको संक्रमण आउने जोखिम रहेको छ।

बेलायतमा कोरोना संक्रमितको संख्या ४८ लाख नाघ्यो, एकैदिन २६ हजार संक्रमित

बेलायतमा कोरोना संक्रमण दर उकालो लाग्ने क्रम निरन्तर जारी छ । पछिल्लो २४ घन्टामा संक्रमितको संख्या २६ हजार नाघेको छ । एक साताअघि बुधबार संक्रमित संख्या १६ हजार १३५ थियो । सोमबार करिब २३ हजार संक्रमित थपिएका थिए भने हिजो मंगलबार बीस हजार ४७९ नयाँ संक्रमित थपिएका थिए ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा २६ हजार ६८ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो तथ्याँकअनुसार संक्रमित संख्या  एक हप्तामा झन्डै ७० प्रतिशतले बृद्धि भएको

बेलायतमा कोरोना संक्रमण बढ्दै, तेस्रो लहर आउने संकेत

बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा १८ हजार भन्दा बढी संक्रमित थपिएका थिए जुन संख्या गत वर्ष फेब्रुअरी यताकै उच्च हो । यसैगरी आज आइतबार सार्वजनिक तथ्याँकअनुसार थप १४ हजार ८७६ नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा केहि कम भएपनि समान्यतया वीकेन्डको तथ्याँक वास्तविक भन्दा फरक हुने गर्दछ । पछिल्लो एक सातामा डेल्टा भेरियन्टका कारण  संक्रमण दर ४४ प्रतिशतले

बेलायतमा कोरोना संक्रमण फेरि उकालो लाग्दै

पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर निरन्तर वृद्धि  हुँदै गइरहेको छ । कोरोनाविरुद्धको खोपलाई तीव्रता दिएसँगै बेलायतमा संक्रमण दर र मृत्यु दरमा उल्लेखनीय परिवर्तन आएको थियो । केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनमा संक्रमण दरमा वृद्धि हुँदै गइरहेको हो । दैनिक संक्रमण दर दुई हजारभन्दा तल झरेको भएपनि हाल संक्रमित संख्या ६ हजार भन्दा बढी हुन थालेको छ ।‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घ

बेलायतमा कोरोना संक्रमण दर फेरि उकालो लाग्दै

लण्डन । बेलायतमा कोरोना संक्रमण दर बिस्तारै उकालो लाग्न थालेको छ । विगत केहि समययता तीन हजारभन्दा तल रहेको दैनिक संक्रमण दर आज तीन हजार नाघेको छ । बेलायतका विभिन्न स्थानमा ‘इन्डियन भेरियन्ट’ को संक्रमण देखिन थालेपछि संक्रमण दर बढ्न थालेको हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार बुधबार तीन हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार दुई हजार ४९३ जना संक्रमित भएका थिए । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कुल संक्रमितको संख्या ४४ लाख

बेलायतमा कोरोना संक्रमणमा कमी, तेस्रो लहरको त्रास

लन्डन । बेलायतमा पछिल्लो समय कोरोना संक्रमण दर निरन्तर ओरालो लाग्दै गएको छ । संक्रमण दर र मृत्यु दर दुवैमा कमी आएको तथ्यांकले देखाएको छ । विगत केहि दिनयता बेलायतमा कोरोना संक्रमणको प्रभाव यो वर्षकै कम देखिएको छ ।यद्यपि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन् । पछिल्लो समयमा संक्रमण दर निकै कम हुँदै गएको छ, यसको मतलव कोरोनाबाट पूर्ण रुपमा मुक्त भएको बुझ्न नहुने उनले बताएका छन् । खोप वितरणमा दिएको तीव्रताले निकै सफलता मिलेको पनि उनले बताए ।ब