३० पुस, वीरगञ्ज । वीरगञ्जमा पछिल्लो केही दिनयता कोरोना भाइरस (कोभिड–१९) संक्रमण दैनिक रुपमा बढ्दै गएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दैनिक संक्रमण पुष्टि हुने संख्या बढ्दै गएको हो । बिहीबार ४७ जनाको नमुना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको थियो । यो संख्या प्रतिशतको हिसाबमा ६५.९६ प्रतिशत हो । […]