कोरोना संक्रमण दैनिक रूपमा उकालो लाग्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबारदेखि सबै प्रकारका राजनीतिक कार्यक्रम गर्न बन्देज लगाएको छ ।
काठमाडौं उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले उपत्यकाका तीनै जिल्लामा कोरोना संक्रमणको गति बढ्दै गएको निष्कर्षसहित सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक कार्यक्रम गर्न रोक लगाउने निर्णय गरेको हो ।
काठमाडौंका निमित्त प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जारी गरेको आदेशमा ‘सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक ...