भारतमा ‘हरित क्रान्ति’ का वैज्ञानिक डाक्टर एमएस स्वामीनाथनको ९८ वर्षको उमेरमा निधन भएको छ । उहाँको आज बिहीवार चेन्नईमा निधन भएको बीबीसी हिन्दीले जनाएको छ ।
स्वामीनाथनलाई भारतको लोकप्रिय वैज्ञानिकको रूपमा चिनिन्छ । गहुँको उत्कृष्ट प्रजाति आविष्कार र खेतीका लागि सिफारिस गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्थ्यो । यसले भारतमा गहुँ उत्पादनमा ठूलो वृद्धि भएको छ ।
स्वामीनाथन पद्मश्री, राेमन म्यागासेसे, विश्व खाद्य लगायत दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ । किसानको अवस्था सुधार र कृषि प्रवर्धन...