एजेन्सी। भारतमा पछिल्लो समय दैनिक २५ लाख जनाको कोरोना परीक्षण हुन थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले बताएको छ। हालसम्म त्यहाँ ३० करोड ६० लाखभन्दा बढीको परीक्षण गरिसकिएको छ। भारतमा अहिलेसम्म १६ करोड ७३ लाख जनालाई कोरोनाविरुद्धको भ्याक्सिन दिइसकिएको पनि मन्त्रालयले बताएको छ। कोरोनाको दोस्रो लहरबाट आक्रान्त भारतमा भ्याक्सिन अभावका साथै अस्पतालमा अक्सिजनको हाहाकार मच्चिएको छ।