धानको बीउ जोहो गर्दै किसान

काठमाडौं । धान रोपाइँको याम नजिकिँदै जाँदा किसानहरूले धानको बीउ जोहो गर्न थालेका छन् । निषेधाज्ञाका कारण समयमै बीउ नपाइने हो कि भन्ने पीरले अघिल्ला वर्षहरूभन्दा चाँडै उनीहरूले धानको बीउ जोहो गर्न थालेका हुन् । विभिन्न सहकारी, बीउबिजन केन्द्र, एग्रोभेटलगायत ठाउँबाट किसानहरूले धानको बीउ किन्न शुरू गरिसकेका छन् । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडले पनि काठमाडौं, भैरहवा, धनगढी नेपालगञ्ज, वीरगञ्ज र हेटौंडाबाट किसानहरूलाई धानको बीउ वितरण गर्न शुरू गरिसकेको बताएको छ । कम्पनीले आफूसँग भएको ८ सय मेट्रिकटन (मेटन) धानको बीउमध्ये हालसम्म ५ सय मेटन बीउ वितरण गरिसकेको छ । नेपालमा धान खेती हुने कुल १३ लाख ५० हजार हेक्टर जमीनका लागि वार्षिक करीब ७० हजार मेटन धानको बीउ आवश्यक हुने गर्छ । त्यसमध्ये निजी बीउ उत्पादक कम्पनी तथा व्यवसायीहरूले ठूलो अंश ओगटेका छन् । नेपाली कम्पनीहरूले वार्षिक १० हजार मेटन धानको बीउ उत्पादन गर्ने गरेको तथ्यांक छ । सावित्री, सोनामन्सुली, मकवानपुर, बास्मतीलगायत धानको बीउ नेपालमै उत्पादन हुन्छ भने वर्णसंकर (हाइब्रिड) बीउहरू व्यवसायीहरूले भारत र चीनलगायत देशबाट आयात गर्ने गर्छन् । नेपालमा वर्षेनि करीब ६८ जातका वर्णसंकर धानको बीउ बाह्य मुलुकबाट आयात गर्ने गरिन्छ । महामारीको समयमा किसानहरूलाई समयमै धानको बीउ उपलब्ध गराउन बीउ व्यवसायीहरूले करीब २ साता अघिदेखि नै भारतबाट बीउ आयात गर्न थालेको बीउ व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष छोटेलाल प्रसाद लोहारले जानकारी दिए । उनका अनुसार यति बेला बाँके बर्दिया, दाङ, चितवन, सिराहा, सप्तरीलगायत अधिकांश जिल्लाका किसानबाट बीउको माग भइरहेकाले ती स्थानमा बीउ पठाउने काम भइरहेको छ । ‘गतवर्ष बन्दाबन्दीका कारण किसानले समयमै बीउ पाउन सकेका थिएनन् । त्यसैले यस वर्ष त्यस्तो समस्या नहोस् भनेर सचेत भएर किसानहरूले बीउको जोहो गर्न थालेका हुन्,’ उनले आर्थिक अभियान दैनिकसँग भने । यस वर्ष नेपाली बीउ उत्पादक कम्पनीहरूले विगतका वर्षमा भन्दा कम बीउ उत्पादन गरेकाले पनि किसानहरू आत्तिएको बीउ उत्पादक व्यवसायी संघका निवर्तमान अध्यक्ष मित्रराज दवाडीले बताए । उनका अनुसार यस अघि १० हजार मेटन बीउ उत्पादन हुने गरेकोमा गतवर्ष करीब ८ हजार मेटन मात्र बीउ उत्पादन भएको छ । बीउको प्लटमा गवारो र कालोपोके रोगले क्षति पुर्‍याएपछि बीउको उत्पादन घटेको हो ।

सम्बन्धित सामग्री

धानको बीउ छर्दै

सुनसरीको गढी गाउँपालिका ३ छिटाहामा बिहीबार धानको बीउ छर्दै किसान । यतिबेला किसानलाई धानको बीउ राख्न धमाधम छ ।

रामपुरका किसानलाई अनुदानमा धानको बीउ

रामपुर (पाल्पा), २४ जेठ । पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो । नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए । अनुदानमा बीउ पाएपछि किसान खुसी भएका छन् । बजारका एग्रोभेटमा महँगो […]

न सिँचाइ, न आकाशे पानी : ब्याडमै सुक्यो धानको बीउ

पर्सा : एकातिर मध्य बर्खामा पनि पानी नपर्दा, अर्कातिर सिँचाइ सुविधा नहुँदा मध्य तराईका किसानको धानको बीउ ब्याडमा नै सुकिरहेको छ। तीन तहका सरकारले सिँचाइ सुविधा उपलब्ध गराएर किसानलाई न्याय नगरेका कारण भगवानको न्यायको प्रतीक्षामा किसान बताउँछन्। पर्साको कालिकामाई गाउँपालिकाकी किसान महिला फूलमतीदेवीले पनि मल, बीउ र सिँचाइ सुविधाबाट हरेक वर्ष ठगिनु परेको गुनासो गरिन्। ‘यो पटक भगवानले पनि हामीलाई विर्सनु भए जस्तो छ’, उनले भनिन्, ‘वर्षात्मा समेत बाँझो खेत हेरेर बस्न बा

धानको बीउ बोकेर विरोध प्रदर्शन !!

काठमाडौँ : सत्ता गठबन्धन बाहिर रहेका नेकपा एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनले आज माइतीघरमा हातमा ब्याड लिएर प्रदर्शन गरेका छन्।हाल भइरहेको रासायनिक मलको अभाव, रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै उनीहरूले संयुक्त किसान आन्दोलन गरेका हुन्। प्रदर्शनका क्रममा प्रदर्शनकारीले हातमा धानको बीउ बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए।उनीहरूले पेट्रोलियम पदार्थको मूल्य वृद्धि, बढ्दो महँगी लगायतका विषयमा पनि नारा लगाएका थिए।

अनुदानको धानको बीउ किसानलाई महँगोमा बिक्री

पाल्पा : रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगोमा किसानलाई बिक्री गरेको पाइएको छ।रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ मूल्य बढाएर किसानलाई वितरण गरेको हो । स्थानीय कृष्ण पराजुली अनुदानमा आएको बीउ सहकारीले किसानलाई चर्को मूल्यमा बिक्री गरेको आरोप लगाए । बीउ खरिद गरेर घर लगेपछि सहकारीले रामपुर नगरपालिकाबाट अनुदानमा ल्याएको धानको बीउ बढी मूल्यमा बिक्री गरेको थाहा पाएँ’, उनल

अनुदानको धानको बीउ महँगोमा किसानलाई बिक्री

पाल्पाको रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगो मूल्यमा किसानलाई गरेको पाइएको छ । रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ प्रतिकिलो रु ६ मूल्य बढाएर किसानलाई वितरण गरेको हो । अनुदानमा आएको बीउ सहकारीले किसानलाई चर्को मूल्यमा बिक्री गरेको स्थानीय कृष्ण पराजुली बताउनुहुन्छ …

धानको बीउ उत्पादनमा कृषि ज्ञान केन्द्र

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धानको बीउमा आत्मनिर्भर हुन र गुणस्तरीय बीउ तयार गर्न बीउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासी र किसान मिलेर यहाँका दुई स्थानीय तहमा धानको बीउ उत्पादन गर्न खेती गरिएको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा नं २ र ४ तथा गैँडाकोट नगरपालिकाका वडा नं ११ र १२ मा यो कार्यक्रम सञ्चालन गरिएको हो । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा रामधान, वार र सावा मन्सुली जातको धानखेती गरिएको छ । दुई कृषक समूह र एक व्यक्तिले गरी १२ बिघा क्षेत्रफलमा अहिले धानको ब...

ब्याड राख्ने बेलामा धानको बीउ अभाव : किसान भारतीय बजारमाथि निर्भर हुन बाध्य

जेठ २९, वीरगञ्ज । स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण पर्सा जिल्लाका किसान भारतीय बीउप्रति निर्भर हुनु परेको छ ।     धान रोप्ने समय शुरु भएपनि बीउ अभावमा यहाँका किसानहरु भारतीय बजारमाथि निर्भर हुनु परेको हो । धानको ब्याड राख्ने समय शुरु भएपनि स्थानीय बजारमा बीउ नपाउँदा यहाँ किसानहरु चर्को मूल्यमा भारतीय बीउ खरीद गर्न बाध्य भएका छन् । विगतमा गुणस्तर परीक्षणबिना भारतबाट जथाभावी ल्याइने बीउले बेलाबेलामा कृषक ठगिने गरेका थिए । ‘अघिल्लो वर्ष अरु जातको धानको बीउ लगाउँदा उत्पादन कम भएको, लागत खर्च समेत उठन नसकेकाले यसपाली भारतको भेलाही बजारबाट सोना मन्सुली धानको बीउ चर्को मूल्यमा किनेर ल्याएका छौं’, जगरनाथपुर गाउँपालिका—६ का किसान रुपनारायण प्रसादले भने, ‘सोना मन्सुली धानको बीउ नेपालमा नपाउने भएकाले भारतबाट खरीद गरेर ल्याउँदा धेरै समस्या भोग्नु परेको छ ।’  उनले भारतीय बजारबाट धानको बीउ खरीद गरेर ल्याउँदा सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीले हैरान पार्ने, जथाभावी रकम माग्ने र रकम नदिँदा सो बीउ नियन्त्रणमा लिनेजस्ता समस्या रहेको बताए । ‘नेपालमा प्रतिबन्ध रहेको सोना मन्सुली धानले प्रति हेक्टर अढाई मेट्रिकटन उत्पादन दिने गरेको, बढी फल्ने तथा खानमा पनि स्वादिलो हुने गरेकाले पर्साका सतप्रतिशत किसान सोना मन्सुली धान लगाउने गरेका छन्’,  कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेश प्रसाद चौरसियाले भने, यो ‘धानको बीउ नेपालमा नपाउने भएकाले ७५ प्रतिशत किसानहरु भारतबाट सोना मन्सुली धानको बीउ ल्याएर खेती गर्ने गरेका छन् ।’  कम लागतमा बढी उत्पादन दिने भएकाले सोना मन्सुली धानको खेती गर्न भारतको भेलाहीबाट २५ किलो धानको बीउ ल्याउँदा प्रसौनी भाठास्थित सुरक्षाकर्मीले रू. १०० लिएको दुखेसो पोख्दै पोखरीया नगरपालिका-७ का किसान सुरेन्द्र रौनियारले भने, ‘अरु धान भन्दा सोना मन्सुली धानको उत्पादन बढी हुन्छ । प्रतिहेक्टर ४ मनका दरले उत्पादन हुने यो जातको धानको बजार मूल्य पनि राम्रो पाउने भएकाले भारतबाट बीउ ल्याएर ब्याड राखेको छु ।’ नेपालमा सोना मन्सुली धान प्रतिबन्ध रहेपनि यो धानको बीउ भारतमा मात्र पाउने भएकाले किसानहरु बीउ ल्याउँदा सीमावर्ती भारतीय बजार सिकटा, भेलाहीलगायतका सिमा नाकामा रहेका सुरक्षाकर्मीहरुले दुःख दिने गरेको, जथाभाबी रकम माग्ने गरेको गुनासो किसानको छ ।  पछिल्लो समय हाइब्रिड बीउको माग बढ्दै गएका बेला सरकारले सहज रुपमा यो बीउ पाउन सक्ने व्यवस्था गरिदिए वर्षौँदेखिको परनिर्भरता अन्त्य हुने अर्का किसान बिजय पण्डितको भनाइ छ ।  यो वर्ष मनसुन चाडै भित्रिएपछि यहाँ किसानले पनि चाडै ब्याड राख्न थालेका छन । विगतमा यहाँका किसानले जेठ १५ गते देखि धानको ब्याड राख्न शुरु गर्ने गरेका थिए । पर्सामा चैते धान ३ हजार ५०० हेक्टर, भदैया ८ हजार ५५० हेक्टर र अगहनी ३५ हजार हेक्टर गरी कुल ४७ हजार ५० हेक्टरमा क्षेत्रफलमा धान खेती हुँदै आएको छ । सरकारले स्वर्णासव-१, बहुगुणी-२, सोना मन्सुली-१, हर्दिनाथ-१ र साबित्री जातको धानको बीउमात्र विक्री गर्ने व्यवस्था मिलाएको छ ।  सोना मन्सुली धानको बीउको अभाव भएपछि सिमा क्षेत्रका ग्रामीण किसान भारतबाट सो धानको बीउ किनेर ल्याउँदा गुणस्तरहीन हुने, उत्पादन क्षमता कम हुने र ठाउँ ठाउँमा प्रहरीले दुःख दिने गरेको गुनासो गर्दै छिपहरमाई गाउँपालिका-५ भिस्वाका किसान हरिओम साहले भने, ‘सरकारले किसानलाई आवश्यक पर्ने बीउबिजन स्थानीय तहमा उपलब्ध गराउन नसक्दा बीउको लागि भारतीय बजारमा भरपर्नु पर्ने बाध्यता रहेको छ ।  प्रदेश नं २ सरकार र स्थानीय तहले कृषि क्षेत्रको विकासका लागि वार्षिक करोडौं रुपैयाँको बजेट विनियोजन गरेपनि किसानलाई चाहिने धानको बीउ उपलब्ध गराउन नसक्दा पर्साका किसान भारतीय बीउमा परनिर्भर हुँदै गएपछि उत्पादनमा समेत असर पर्न थालेको किसान बताउँछन् । रासस