ब्याड राख्ने बेलामा धानको बीउ अभाव : किसान भारतीय बजारमाथि निर्भर हुन बाध्य

जेठ २९, वीरगञ्ज । स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण पर्सा जिल्लाका किसान भारतीय बीउप्रति निर्भर हुनु परेको छ ।     धान रोप्ने समय शुरु भएपनि बीउ अभावमा यहाँका किसानहरु भारतीय बजारमाथि निर्भर हुनु परेको हो । धानको ब्याड राख्ने समय शुरु भएपनि स्थानीय बजारमा बीउ नपाउँदा यहाँ किसानहरु चर्को मूल्यमा भारतीय बीउ खरीद गर्न बाध्य भएका छन् । विगतमा गुणस्तर परीक्षणबिना भारतबाट जथाभावी ल्याइने बीउले बेलाबेलामा कृषक ठगिने गरेका थिए । ‘अघिल्लो वर्ष अरु जातको धानको बीउ लगाउँदा उत्पादन कम भएको, लागत खर्च समेत उठन नसकेकाले यसपाली भारतको भेलाही बजारबाट सोना मन्सुली धानको बीउ चर्को मूल्यमा किनेर ल्याएका छौं’, जगरनाथपुर गाउँपालिका—६ का किसान रुपनारायण प्रसादले भने, ‘सोना मन्सुली धानको बीउ नेपालमा नपाउने भएकाले भारतबाट खरीद गरेर ल्याउँदा धेरै समस्या भोग्नु परेको छ ।’  उनले भारतीय बजारबाट धानको बीउ खरीद गरेर ल्याउँदा सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीले हैरान पार्ने, जथाभावी रकम माग्ने र रकम नदिँदा सो बीउ नियन्त्रणमा लिनेजस्ता समस्या रहेको बताए । ‘नेपालमा प्रतिबन्ध रहेको सोना मन्सुली धानले प्रति हेक्टर अढाई मेट्रिकटन उत्पादन दिने गरेको, बढी फल्ने तथा खानमा पनि स्वादिलो हुने गरेकाले पर्साका सतप्रतिशत किसान सोना मन्सुली धान लगाउने गरेका छन्’,  कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेश प्रसाद चौरसियाले भने, यो ‘धानको बीउ नेपालमा नपाउने भएकाले ७५ प्रतिशत किसानहरु भारतबाट सोना मन्सुली धानको बीउ ल्याएर खेती गर्ने गरेका छन् ।’  कम लागतमा बढी उत्पादन दिने भएकाले सोना मन्सुली धानको खेती गर्न भारतको भेलाहीबाट २५ किलो धानको बीउ ल्याउँदा प्रसौनी भाठास्थित सुरक्षाकर्मीले रू. १०० लिएको दुखेसो पोख्दै पोखरीया नगरपालिका-७ का किसान सुरेन्द्र रौनियारले भने, ‘अरु धान भन्दा सोना मन्सुली धानको उत्पादन बढी हुन्छ । प्रतिहेक्टर ४ मनका दरले उत्पादन हुने यो जातको धानको बजार मूल्य पनि राम्रो पाउने भएकाले भारतबाट बीउ ल्याएर ब्याड राखेको छु ।’ नेपालमा सोना मन्सुली धान प्रतिबन्ध रहेपनि यो धानको बीउ भारतमा मात्र पाउने भएकाले किसानहरु बीउ ल्याउँदा सीमावर्ती भारतीय बजार सिकटा, भेलाहीलगायतका सिमा नाकामा रहेका सुरक्षाकर्मीहरुले दुःख दिने गरेको, जथाभाबी रकम माग्ने गरेको गुनासो किसानको छ ।  पछिल्लो समय हाइब्रिड बीउको माग बढ्दै गएका बेला सरकारले सहज रुपमा यो बीउ पाउन सक्ने व्यवस्था गरिदिए वर्षौँदेखिको परनिर्भरता अन्त्य हुने अर्का किसान बिजय पण्डितको भनाइ छ ।  यो वर्ष मनसुन चाडै भित्रिएपछि यहाँ किसानले पनि चाडै ब्याड राख्न थालेका छन । विगतमा यहाँका किसानले जेठ १५ गते देखि धानको ब्याड राख्न शुरु गर्ने गरेका थिए । पर्सामा चैते धान ३ हजार ५०० हेक्टर, भदैया ८ हजार ५५० हेक्टर र अगहनी ३५ हजार हेक्टर गरी कुल ४७ हजार ५० हेक्टरमा क्षेत्रफलमा धान खेती हुँदै आएको छ । सरकारले स्वर्णासव-१, बहुगुणी-२, सोना मन्सुली-१, हर्दिनाथ-१ र साबित्री जातको धानको बीउमात्र विक्री गर्ने व्यवस्था मिलाएको छ ।  सोना मन्सुली धानको बीउको अभाव भएपछि सिमा क्षेत्रका ग्रामीण किसान भारतबाट सो धानको बीउ किनेर ल्याउँदा गुणस्तरहीन हुने, उत्पादन क्षमता कम हुने र ठाउँ ठाउँमा प्रहरीले दुःख दिने गरेको गुनासो गर्दै छिपहरमाई गाउँपालिका-५ भिस्वाका किसान हरिओम साहले भने, ‘सरकारले किसानलाई आवश्यक पर्ने बीउबिजन स्थानीय तहमा उपलब्ध गराउन नसक्दा बीउको लागि भारतीय बजारमा भरपर्नु पर्ने बाध्यता रहेको छ ।  प्रदेश नं २ सरकार र स्थानीय तहले कृषि क्षेत्रको विकासका लागि वार्षिक करोडौं रुपैयाँको बजेट विनियोजन गरेपनि किसानलाई चाहिने धानको बीउ उपलब्ध गराउन नसक्दा पर्साका किसान भारतीय बीउमा परनिर्भर हुँदै गएपछि उत्पादनमा समेत असर पर्न थालेको किसान बताउँछन् । रासस

सम्बन्धित सामग्री

ब्याडमै सुक्न थाल्यो धानको बीउ

खेतमा यतिबेला सबैजसो किसानका ब्याडमा हरियाली धानको बीउ हुन्थे । असारको दोस्रो हप्ता पछाडि धान रोप्ने किसानले तयारी गर्थे तर यस पटक भने वर्षा नपरेपछि बीउ राख्न समस्या भएको किसानले बताएका छन् । असार सुरु हुँदासमेत पानी नपर्दा बीउ राख्न समस्या भएको छ भने कतिपय ठाउँमा राखिएका बीउ ब्याडमै उम्रन पाएका छैनन् । हरेक वर्ष […]

रामपुरका किसानलाई अनुदानमा धानको बीउ

रामपुर (पाल्पा), २४ जेठ । पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो । नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए । अनुदानमा बीउ पाएपछि किसान खुसी भएका छन् । बजारका एग्रोभेटमा महँगो […]

कृषकलाई धानको बीउ वितरण

तनहुँ, ३ जेठ । तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बीउ अनुदानमा वितरण गरेको छ । प्रति किलो रु ५५ मा खरिद गरी कृषकलाई बीउ वितरण गरेका हो । रामधान सत्र, सावित्री चौध र सुक्खाधान तीन क्विन्टलसहित कुल ३४ क्विन्टल धानको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिए । […]

अनुदानको धानको बीउ किसानलाई महँगोमा बिक्री

पाल्पा : रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगोमा किसानलाई बिक्री गरेको पाइएको छ।रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ मूल्य बढाएर किसानलाई वितरण गरेको हो । स्थानीय कृष्ण पराजुली अनुदानमा आएको बीउ सहकारीले किसानलाई चर्को मूल्यमा बिक्री गरेको आरोप लगाए । बीउ खरिद गरेर घर लगेपछि सहकारीले रामपुर नगरपालिकाबाट अनुदानमा ल्याएको धानको बीउ बढी मूल्यमा बिक्री गरेको थाहा पाएँ’, उनल

अनुदानको धानको बीउ महँगोमा किसानलाई बिक्री

पाल्पाको रामपुर नगरपालिकाले अनुदानमा उपलब्ध गराएको धानको बीउ यहाँको एक सहकारीले महँगो मूल्यमा किसानलाई गरेको पाइएको छ । रामपुर–३ रजघरास्थित दर्छा हरियाली साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाबाट अनुदानमा उपलब्ध भएको बीउ प्रतिकिलो रु ६ मूल्य बढाएर किसानलाई वितरण गरेको हो । अनुदानमा आएको बीउ सहकारीले किसानलाई चर्को मूल्यमा बिक्री गरेको स्थानीय कृष्ण पराजुली बताउनुहुन्छ …

एभरेष्ट स्कुलका विद्यार्थीले राखे धानको बीउ

भक्तपुर– भक्तपुरमा विद्यार्थीले असारमा धान रोप्नका लागि धानको बीउ राखेका छन् । भक्तपुर नगरपालिका-२ मिवाछें व्यासीस्थित एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासीका विद्यार्थीले धानको बीउ राखेका हुन् । उनीहरूले स्कुल नजिकैको खेतमा पुगेर बीउ हालेका थिए । उनीहरूलाई शिक्षक शिक्षिकाहरूले सहयोग गरेका थिए । विद्यार्थीलाई सैद्धान्तिक मात्रै नभई व्यवहारिक ज्ञान दिन यस्तो कार्यक्रम प्रत्येक वर्ष गर्दै […]

एभरेष्ट स्कुलका विद्यार्थीले राखे धानको बीउ

भक्तपुर । भक्तपुरको एउटा स्कुलका विद्यार्थीले असारमा धान रोप्नका लागि धानको बीउ राखेका छन् । भक्तपुर नगरपालिका-२ मिवाछें व्यासीस्थित एभरेष्ट इंगलिस स्कुल मिवाछें व्यासीका विद्यार्थीले धानको बीउ राखेका हुन् । उनीहरूले स्कुल नजिकैको खेतमा पुगेर बीउ हालेका थिए । उनीहरूलाई शिक्षक शिक्षीकाहरूले सहयोग गरेका थिए । विद्यार्थीलाई सैद्धान्तिक मात्रै नभई व्यवहारिक ज्ञान दिन यस्तो कार्यक्रम […] The post एभरेष्ट स्कुलका विद्यार्थीले राखे धानको बीउ appeared first on राजधानी राष्ट्रिय दैनिक.

भक्तपुरका ससाना नानीहरुले राखे धानको बीउ

भक्तपुरको एउटा स्कुलका विद्यार्थीले शुक्रबार धानको बीउ राखेका छन्। भक्तपुर नगरपालिका वडा नं २ मिवाछें व्यासीस्थित एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासीका विद्यार्थीले असारमा धान रोप्नका लागि आवश्यक धानको बीउ राखेका हुन्।...

रोपाइँका लागि धानको बीउ उखेल्दै(फोटोफिचर)

६ असारः रोपाइँका लागि शुक्लाफाँटा नगरपालिका –२, रानीपुर र कैलालीका किसानले धानको बीउ उखेल्दै। तस्बिर : राजेन्द्रप्रसाद पनेरु/ दुर्गा देवकोटा-रासस

अवैध धानको बीउ बरामद

काठमाडौं। जिल्ला प्रशासन कार्यालय नवलपुरले अवैध धानको बीउ बरामद गरेको छ। प्रशासन कार्यालय र कृषि ज्ञान केन्द्रले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा जिल्लाको देवचुली नगरपालिकामा अवैध धानको बीउ पाइएको हो। सरकारले खेतीका लागि अनुमति नदिएको ३४० किलो बीउ बिक्री/वितरण भएको पाइएको बताइएको छ।