– गत चैत अन्तिम साता दुग्ध विकास संस्थान (डीडीसी) को बालाजु प्लान्टबाट उत्पादित प्याकेट दूधमा गन्ध आएको भनेर सर्वत्र आलोचना भयो । खाद्यवस्तुको गुणस्तर हेर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक ईश्वर सुवेदीलाई पनि शंका लागेपछि उनले दूध परीक्षण गर्न ल्याब पठाए । झन्डै एक महिनापछि आएको रिपोर्टमा दूधमा फ्याटको मात्रा कम देखियो ।