मोरङ – विराटनगर महानगरपालिकाले आन्तरिक राजस्व अभिवृद्धिका लागि सरोकारवाला निकायसँग छलफल गरेको छ। महानगरमा सोमबार आयोजित छलफलमा आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति नलिने जनाउँदै सरोकारवालासंग मेयर नागेश कोइरालाले छलफल गरेका हुन्। छलफलका क्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले विराटनगरमा सम्पत्ति कर धेरै भएको अनुभव सुनाएका थिए। छलफलमा उपाध्यक्ष मुरारकाले सबैले तिर्ने गरी […]