पर्यटनको नयाँ गन्तव्य तीन सिरः डाङडुङे देउराली मुख्य चुनौती

नेपालको पर्यटनमा नया गन्तव्य थपिएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने तीन सिर नया पर्यटन गन्तव्यको रुपमा थपिएको हो।...

सम्बन्धित सामग्री

ब्रोम्दिङ : काठमाडौंबाट नजिकको ‘भर्जिन’ गन्तव्य !

काठमाडौं । दोलखाको शैलुङका जस्ता थुम्का र दामन । सेता हिमशृंखलाको दृश्य । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१, ब्रोम्दिङको पर्यटकीय सुन्दरता दर्शाउन यी विशेषता काफी छन् । समुद्री सतहबाट २०८० मिटर उचाइमा रहेको त्यहाँस्थित ब्रोम्दिङ डाँडाबाट गणेश, अन्नपूर्ण, मनास्लु र माछापुच्छ्रे हिमाल देखिन्छन् । यससँगै त्यहाँबाट देखिने सूर्याेदय र सूर्यास्तको दृश्य पनि अवलोकन गर्न सकिन्छ ।  त्यहाँ पुग्ने पर्यटकले प्राकृतिक सुन्दरताको मात्रै होइन, संस्कृतिको पनि आनन्द पाउँछन् । तामाङ बस्ती रहेको त्यो क्षेत्रमा घुम्न आउने पर्यटकले होमस्टेमा बसेर स्थानीय रहनसहन र खानपानको मज्जा लिन सक्छन् ।  ब्रोम्दिङ पुग्नेहरू त्यहाँको प्राकृतिक सुन्दरतामा नलोभिने सायदै होलान् । प्राकृतिक सुन्दरताले भरिपूर्ण ब्रोम्दिङ पर्यटकमाझ परिचित हुन थालेको भने केही समय मात्रै भएको छ । यसअर्थमा त्यो क्षेत्र बाह्य पर्यटकको ‘भर्जिन’ गन्तव्य मानिएको छ ।  ‘यो क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो, यही कारण हामीले यहाँको पर्यटन विकासका लागि काम गरिरहेका छौं,’ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलियाले भने ।   त्यस क्षेत्रको प्रचारप्रसारका लागि गाउँपालिकालगायत अन्य विभिन्न संघसंस्थाले विभिन्न कार्यक्रम गरिरहेका छन् । यही कात्तिक १५ गते नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा बेनीघाट रोराङ गाउँपालिका र एनटीपी मल्टिमिडिया ग्रुपको संयुक्त आयोजनामा ‘ब्रोम्दिङ पर्यटन महोत्सव’ आयोजना गरियो । ब्रोम्दिङ डाँडामा आयोजना गरिएको उक्त महोत्सवमा काठमाडौंलगायत स्थानबाट मानिसहरू पुगेका थिए ।  महोत्सव उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ब्रोम्दिङलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारले आउँदो वर्ष बजेट छुट्याउने प्रतिवद्धता जनाएका थिए । उनले चालिसेदेखि ब्रोम्दिङसम्मको बाटो कालोपत्र गर्नेसँगै अन्य पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता गरेका थिए ।  महोत्सवको उद्घाटन समारोहमा सबै वक्ताले ब्रोम्दिङ नयाँ र उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएका थिए । उक्त समारोहमा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले ब्रोम्दिङ नयाँ र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा एक्सप्लोर भएकाले यो क्षेत्रको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले निरन्तर काम गर्नुपर्ने बताएका थिए ।  नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति तथा नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाईंले ब्रोम्दिङ उत्कृष्ट गन्तव्य रहेको बताएका थिए । ‘म नेपाल र विदेशका धेरै ठाउँ पुगेको छु । यहाँको मौसम, प्राकृतिक स्वरूप र बनावट साच्चै नै उत्कृष्ट छ,’ उनले भनेका थिए । यो ठाउँसम्म बाटो कालोपत्र गर्न सकिए भने पर्यटकका लागि साइट सिन गर्ने नयाँ नगरकोट, बन्दीपुर र सराङकोट बन्न सक्ने उनको भनाइ थियो ।  वक्ताहरूले ब्रोम्दिङको पर्यटकीय विकासका लागि पूर्वाधार निर्माणको आवश्यकता रहेको बताइरहँदा गाउँपालिकाका अध्यक्ष थपलियाले पूर्वाधार निर्माण गर्ने चुनौती थपिएको बताएका थिए । यद्यपि ब्रोम्दिङको पर्यटकीय विकासमा आफूहरू लागिपर्ने उनले बताए । चालिसेदेखि ब्रोम्दिङसम्म बाटो कालोपत्र गर्न बजेट विनियोजन गरिएको उनको भनाइ छ ।  त्यहाँको पर्यटन विकासका लागि होमस्टे विस्तार गर्ने पनि उनको योजना छ । यसका लागि काम गरिरहेको उनले बताए ।  काठमाडौंबाट नजिक ! ब्रोम्दिङ संघीय राजधानी काठमाडौंबाट नजिकको गन्तव्य हो । यस कारण पनि त्यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने देखिन्छ । काठमाडौंबाट ९५किलोमिटर दूरीको यात्रा गरेपछि ब्रोम्दिङ पुग्न सकिन्छ । नागढुंगा–मुग्लिन खण्डको चालिसेबाट झण्डै २२ किलोमिटर उकालो मोटरबाटोको यात्रा गरेर पनि त्यहाँ पुग्न सकिन्छ ।  कसरी पुग्ने ? काठमाडौंबाट तीन घण्टाको मोटर यात्रामा धादिङको चालिसे पुग्न सकिन्छ । चालिसेबाट उकालो लागेमा बढीमा दुई घण्टामा सिमभञ्ज्याङ पुग्न सकिन्छ । सिमभञ्ज्याङदेखि दुई वटा बाटो छन् । सहज बाटोका लागि सोझै ब्रोम्दिङ जान सकिन्छ । तर, होमस्टेलगायत गाउँ र बस्ती हेर्नका लागि जरुङ झर्नुपर्छ । जरुङ तामाङ समुदायका घर भएको बस्ती हो ।

क्यानडामा नेपाली विद्यार्थीको अवसर र चुनौती

पछिल्लो समय नेपाली विद्यार्थीको अध्ययनको प्रमुख गन्तव्य क्यानडा भएको छ । उच्च शिक्षा अध्ययन गर्न नेपाली

सुदूरपश्चिम पर्यटनका चुनौती र समाधान

नेपालको सुदूरपश्चिम भूगोल अपार प्राकृतिक सुन्दरतासँगै भाषिक, सामाजिक, सांस्कृतिक, जैविक एवं भौगोलिक विविधताले सजिएको क्षेत्र हो । सामुद्रिक सतहबाट छोटो उचाइमा समेत वर्षका ६/८ महीनासम्म सेताम्य हिउँको आनन्द लिन सकिने अद्भुत विशेषता यहाँ पाइन्छ । यहाँका अपि, व्यास र साइपाल हिमाल, त्रिवेणी र शोेतापाटन, रामारोशनलगायत स्थल साहसिक पर्यटनमा अन्नपूर्ण, मनासलु र गौरीशंकरपछिकै उत्कृष्ट गन्तव्य मानिन्छन् ।  सुदूरको चर्चित खप्तड र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा अपि नाम्पा संरक्षित क्षेत्र विश्वमै दुर्लभ मानिँदै गएका विभिन्न प्रजातिका वनस्पति, वन्यजन्तु र चराचुरुङ्गी पाइने स्थल हुन् । तालतलैया, पाटन, खोच, गुफासँगै यस क्षेत्रमा जडीबुटी यार्सासमेत पाइन्छ । यस क्षेत्रका बडिमालिका, त्रिपुरासुन्दरी, बैजनाथधाम, सुरमादेवी, शैलेश्वरी, मालिकार्जुन, उग्रतारा, बेहेडाबाबा निकै चर्चित धार्मिक स्थल हुन् । यसै क्षेत्रका देउडा नाच र गौरापर्वले प्रदेशलाई दूरदराजसम्म चिनाएको छ । सुदूरपश्चिम प्रदेश करीब ८ लाख मानिसले बोल्ने इन्डो आर्यन अर्थात् डोटेली भाषाको केन्द्रसमेत हो । धार्मिक तथा सांस्कृतिक पर्यटनका अतिरिक्त यो प्रदेश एग्रो टुरिजम, रिक्रिएशन टुरिजम, एजुकेशनल टुरजिम, भ्याकेशन टुरिजम, वेलनेस तथा हेल्थ टुरिजम, एमआईसीई र प्रेस्टिज टुरिजम आदिका लागि पनि अपार सम्भाव्यता बोेकेको क्षेत्र हो ।  सुदूरपश्चिम पर्यटनका चुनौती  सुदूरपश्चिम पर्यटनको पहिलो चुनौती सडक एवं यातायात सञ्जाल हो । प्रदेशका कैयन् गन्तव्यको यात्रा सडक एवं बाटाघाटोको अभावमा निकै कष्टकर तथा पहँुच बाहिर रहेको छ । पर्यटकमैत्री पूर्वाधारहरूको कमी दोस्रो चुनौती हो । यहाँका चर्चित पर्यटकीय गन्तव्य बडिमालिका, रामारोशन, सुरमा सरोवर, शोतापाटन, त्रिवेणी पाटन, बूढीनन्दालगायत स्थलमा पूर्वाधारहरूको निकै कमी रहेको छ । यस कारण पर्यटक भेडीगोठ (खर्क) मा बस्न बाध्य छन् । युवाशक्तिको भारत पलायन यहाँको तेस्रो चुनौती हो । स्थानीय स्तरमा पर्यटनको महत्त्व र यससँग जोडिएका कैयन् रोजगारी एवं अर्थोपार्जनका सम्भावनाका बारेमा जानकारी नहुँदा रोजागारीका लागि अधिकांश युवा भारत जाने गरेका छन् जसले गर्दा स्थानीय स्तरमा पर्यटनका लागि जनशक्तिको निकै अभाव रहेको छ । भएकाहरू पनि दक्ष एवं अनुभवी छैनन् । चौथो चुनौती अध्ययनविनाको पूर्वाधार विकास हो । बढ्दो पर्यटकीय चहलपहलसँगै स्थानीय सरकारद्वारा सरोकारवालाहरूसँग यथेष्ट छलफल नै नगरी समग्र वातावरणीय प्रभावको अध्ययनविना गर्न थालिएको पूर्वाधार विकास यहाँको पर्यटनको अर्को पेचिलो चुनौती हो । यस्ता गतिविधिले सदियौंदेखि जोगिँदै आएको सुदूरको धार्मिक, प्राकृतिक एवं सामाजिक विरासत तहसनहस हुनसक्ने खतरा बढ्दै गएको देखिन्छ ।  समाधान एवं प्रवर्द्धनका उयाय  सुदूरको सुन्दरता अवलोकनका लागि सर्वप्रथम विद्यमान सडक सञ्जालको स्तरोन्नतिसँगै नयाँ गन्तव्यहरूमा सडक तथा हवाई सञ्जाल बढाउनुपर्ने देखिन्छ । पदयात्रामार्ग लगायतमा पर्यटनमैत्री पूर्वाधार विकाससँगै होमस्टे, खर्कस्टे आदिलाई थप व्यवस्थित तुल्याउँदै लैजानुपर्छ । मोयाना डाँड, खसीलेडा, चुली, खानीडाँडा आदिलाई हिल स्टेशनको अवधारणामा लग्नुका साथै स्थानीय स्तरमै पर्यटन सचेतनामूलक कार्यक्रमको विकास गर्दै युवालाई पर्यटन उद्योगप्रति रुचि जगाउन सक्नुपर्छ । प्रचारप्रसारका लागि स्थान विशेषका डकुमेन्ट्रीको तैयारीसँगै बृहत् छलफल, अन्तरक्रिया एवं गोष्ठी आदिको आयोजना गरिनुपर्छ । अध्ययन, अनुसन्धान र नवप्रवर्तनका लागि स्थानीय तथा प्रादेशिक सरकारले बजेट विनियोजन गरी अनुसन्धानको दायरालाई थप फराकिलो पार्नुपर्छ । प्रदेशसँग सीमा जोडिएका लुम्बिनी र कर्णाली प्रदेशका पर्यटन सरोकारवालाहरूसँग समन्वय गरी त्यहाँ आउने पर्यटकलाई सुदूर भ्रमणमा लैजाने खालका विविध टुर प्याकेजको व्यवस्था गर्नुपर्छ । सुदूर पर्यटनको जानकारी गराउन पहिलो ५ वर्षसम्म यहाँका हरेक चर्चित गन्तव्य लक्षित गरी वार्षिक रूपमा पर्यटन महोत्सव एवं मेलाको आयोजना गरिरहनुपर्छ । संघीय तथा प्रादेशिक सरकारले विकास साझेदारसँगको सहकार्यमा विकास आयोजना तथा क्षमता तथा व्यावसायिकता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्छ । अन्तरप्रदेश समन्वय गर्दै उच्च तहको भ्रमण एवं बैठकको परिपाटीको शुरुआत गर्नुपर्छ । नेपालस्थित दूतावास तथा विदेशी नियोगका पदाधिकारीहरूलाई सद्भावना भ्रमणका लागि आमन्त्रित गर्ने अभ्यासको थालनी गर्नुपर्छ । नेपाल टुरिजम बोर्ड, नाट्टा, हान, टान, सोटो, नाथम, एनएमएजस्ता संस्थासँगको सहकार्यमा राजधानी भित्रने पर्यटकलाई विकेन्द्रित गर्ने खालका रणनीतिहरू तर्जुमा गर्नुपर्छ । सुदूर पर्यटनका जानकारीमूलक डिस्प्लेहरूको व्यवस्थासँगै स्कूल टुरिजम क्लब तथा अलग्गै पर्यटन पाठ्यक्रम अवधारणाको विकास गर्नुपर्छ । नेपाल टेलिकम तथा एलसेलसँगको सहकार्यमा सुदूर पर्यटन जिंगलको विकास गरी कुनै पर्व, जात्रा एवं महत्त्वपूर्ण दिनलाई लक्षित गरी रिङटोनका रूपमा जिंगल बजाउन सकिन्छ । पर्यटन क्षेत्रप्रति रुचि राख्दै नि:स्वार्थ यस क्षेत्रमा होमिएका युवा पर्यटन अभियन्ताहरूलाई राज्यले पुरस्कृत गर्दै ब्लग, भ्लग, डकुमेन्ट्री निर्माण तथा टुरिजम फोटोग्राफीप्रति उत्पे्ररित गर्नुपर्छ । सरकारले निजीक्षेत्रसँगको सहकार्यमा प्रवर्द्धनका विविध कार्यक्रम थाल्नुपर्छ । कृषि पर्यटनलाई जोड्न कृषि मन्त्रालयसँगको सहकार्यमा दिगो पर्यटन क्रियाकलापहरूको विकास गर्नुपर्छ । स्थानीय स्तरमा रोजगारी सृजनामा जोड दिनुपर्छ । प्रदेशसँग सीमा जोडिएका भारत र चीनका पर्यटक भित्त्याउन आवश्यक पहलकदमी गर्दै त्यसअनुसारका रणनीति तर्जुमा गर्नुपर्छ । प्रदेशले तैयार पारेको गुरुयोजनाअनुसारका कार्यको अविलम्ब थालनी गर्नुपर्छ । यसो गर्न सकेमा बहुआयामिक सुदूरपश्चिम प्रदेशको पर्यटन नेपालको समग्र विकासमा एउटा दरिलो कोसेढुंगा सावित हुनसक्ने देखिन्छ । सुदूरको पर्यटन राज्यको मात्र कार्यक्षेत्र होइन । यो त सरकार, निजीक्षेत्रलगायत तपाईं हामी सबैको उत्तरदायित्व हो । त्यसैले हामी सबै आआफ्ना तहबाट सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा जुटौं ।  लेखक ग्लोबल ट्राभल्स एन्ड टुरिजम पार्टनरसीपका नेपाल निर्देशक हुन् ।

क्यानडा जाने विद्यार्थीका लागि अन्तरक्रिया

काठमाडौँ- पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा नेपाली विद्यार्थीहरूको चासो बढिरहेको देखिन्छ। गोरेटो कन्सल्टेन्सीले क्यानडा अध्ययनका विषयमा दुई  विद्यार्थी तथा अभिभावकहरूका लागि जानकरीमूलक अन्तरक्रिया कार्यक्रम गरेको छ। क्यानडा जानु पूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनौट, आवेदन प्रक्रिया, लागत र समयसँगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा  गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती […]

पर्यटकको आकर्षक गन्तव्य तालतलैयाको फोहोर व्यवस्थापनमा चुनौती

धरान (अस) । पछिल्लो समय सुनसरीका सिमसार क्षेत्रहरू पर्यटकको आकर्षक गन्तव्य बन्दै गएका छन् । सिमसार क्षेत्रमा पुगेर प्रकृतिको मनोरम दृश्यावलोकनसँगै त्यहाँ रहेका पार्क, चिडिया घर लगायतले आन्तरिक तथा बाह्य पर्यटक लोभ्याउने गरेको छ । सिमसार क्षेत्रहरू जति पर्यटकीय स्थल बन्दै गएको छ, त्यति नै दूषित पनि बन्दै गएका देखिन्छन् । सिमसार क्षेत्रको संरक्षण तथा फोहोर व्यवस्थापनमा स्थानीय सरकारले चासो नदिँदा प्रदूषित बन्दै गएका पर्यटकले गुनासो गर्न थालेका छन् । सिमसार क्षेत्रका पानीका मुहान पनि सुक्दै गएका छन् । एकातिर वनभोज खान आउनेहरूले जथाभावी फोहोरले प्रदूषित बन्दै गएको छ भने तालतलैयामा रहेका जलकुम्भीका कारण आकर्षक तालतलैयाको सौन्दर्य नै हराउन थालेको छ । फोहोरले दूषित बनाउँदै गएपछि इटहरीस्थित तालतलैया क्षेत्रमा शनिवार सरसफाइ गरिएको छ । तालमा भरिएका जलकुम्भीहरू नेपाली सेना, सशस्त्र प्रहरी बल लगायत स्थानीयहरूको सहयोगमा सरसफाइ गरिएको हो । जलकुम्भीले वातावरणमा नकरात्मक असर पर्ने र तालको सुन्दरता  ढाकिने भएपछि सरसफाइ गरिएको तालतलैया संरक्षण समितिका अध्यक्ष लक्ष्मीप्रसाद खनालले बताए । ‘तालतलैयाको सुन्दरता देखेरै सयौं सर्वसाधारण तालतलैया घुम्न आउँछन् । जलकुम्भीका कारण ताल कुरूप बन्दै गयो । यसको सुन्दरतामा निखार ल्याउन पनि हामीले सरसफाइ गरेका हौं,’ उनले भने । पछिल्लो समय तालतलैयामा रहेको पोखरी, चिल्ड्रेन पार्क, चिडिया घर र विभिन्न आकृति खोपिएका ढुंगाका मूर्तिहरूले तालतलैयामा सर्वसाधारणको आकर्षण बढेको बताइएको छ ।

भरतपुरमा जगन्नाथ ‘ब्याक’ नहुने, रेनुलाई चुनौती

काठमाडौं : ‘प्रचण्डको अस्थिरताको कारण छोरीलाई भरतपुर महानगरको मेयर कताबाट बनाउन पाइन्छ भन्नेमै हो। कुन पार्टीबाट कसरी भन्नेमा के भन्ने पनि छैन। उहाँको गन्तव्य छोरीलाई भरतपुरको मेयर। अरू केही छैन। कांग्रेससँग प्रचण्डले गरेको चर्को ‘बार्गेनिङ’ त्यही हो’ एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा आयोजित एक कार्यक्रममा भनेका थिए। ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिएर त्यति मात्रै भनेनन् ०७४ को निर्वाचनमा पनि आफूले रेनुलाई मेयर नबनाउने बताएपछि कांग्र

पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको तालतलैयाको फोहोर व्यवस्थापन ठूलो चुनौती

चैत २७, धरान । पछिल्लो समय सिमसार क्षेत्रहरु पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।  सीमसार क्षेत्रमा पुगेर प्रकृतिको मनोरम दृश्यावलोकनसँगै त्यहाँ रहेका पार्क, चिडिया घर लगायतले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने गरेको छ । सिमसार क्षेत्रहरु जति पर्यटकीय स्थल बन्दै गएको छ, त्यतिनै दुषित पनि बन्दै गएको छ । सिमसार क्षेत्रको संरक्षण तथा फोहोर व्यवस्थापनमा चासो नदिदा प्रदुषित बन्दै गएको छ । सिमसार क्षेत्रमा आउने पानीको मुहान पनि सुक्दै गएका छन् ।  एकातिर वनभोज खान आउनेहरुले जथाभावि फोहोरले प्रदुषित बन्दै गएको छ भने तालतलैयामा रहेका जलकुम्भीका कारण आकर्षक तालतलैयाको सौन्दर्य नै हराउन थालेको छ । फोहोरले दुषित बनाउँदै गएपछि इटहरी स्थित तालतलैया क्षेत्रमा शनिवार सरसफाई गरिएको छ ।  तालमा भरिएका जलकुम्भीहरू नेपाली सेना, सशस्त्र प्रहरी वल लगायत स्थानीयहरूको सहयोगमा सरसफाइ गरिएको हो । जलकुम्भीले वातावरणमा नकरात्मक असर पर्ने र तालको सुन्दरता नै ढाकिने भएपछि सरसफाइ गरिएको तालतलैया संरक्षण समितिका अध्यक्ष लक्ष्मी प्रसाल खनालले बताए । उनले भने, ‘तालतलैयाको सुन्दरता देखेरै सयौ सर्वसाधारण तालतलैया घुम्न आउँछन् तर जलकुम्भीका कारण ताल कुरुप बन्दै गयो, यसको सुन्दरतामा निखार ल्याउन पनि हामीले सरसफाई गरेका हौं ।’ पछिल्लो समय तालतलैयामा रहेको पोखरी, चिल्ड्रेन पार्क, चिडिया घर र विभिन्न आकृति खोपिएका ढुंगाका मुर्तिहरूले तालतलैयामा सर्वसाधारणको आकर्षण बढे पनि जलकुम्भीका कारण सुन्दरतामाथि नै आँच आउनसक्ने भएपछि सरसफाइ गरिएको उनले बताए ।

नेपाललाई मेडिकल टुरिजमको गन्तव्य बनाउन सकिन्छ

स्टार अस्पतालका अध्यक्ष एवं प्रोग्रेसिभ फाइनान्सका अध्यक्ष किशोर महर्जनसँग आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले स्टार अस्पतालका गतिविधि, सेवासुविधा, स्वास्थ्य क्षेत्रका चुनौती लगायत समसामयिक विषयमा गरेको कुराकानीको सार : तपाईं अध्यक्ष भएर आएपछि स्टार अस्पताल एक सफल अस्पतालको रूपमा स्थापित भएको देखिन्छ । यो कसरी सम्भव भयो ? बताइदिनुहोस् न । यो सब कुशल व्यवस्थापनका कारण सम्भव भएको हो । नयाँ समूहसहित करीब साढे २ वर्षअघि म यस अस्पतालमा प्रवेश गरेको हँ । त्यसअघि यहाँ व्यवस्थापकीय कमी/कमजोरी थियो । पहिला यहाँको व्यवस्थापनको जिम्मेवारी मेडिकल डाक्टरहरूलाई दिइने गरिन्थ्यो । मेडिकल डाक्टरले राम्रो व्यवस्थापन गर्न सक्दैनन् भन्न खोजेको होइन । यद्यपि व्यवस्थापनको पाटो राम्रो हुन सम्बन्धित क्षेत्रकै मान्छे हुनुपर्छ, जोसँग त्यो खालको अनुभव र दक्षता बढी हुन्छ । त्यसैले व्यवस्थापन तहकै जनशक्तिबाट मात्रै कुनै पनि संघसंस्थाको राम्रो व्यवस्थापन हुन सक्छ । लामो समय बैंकिङ क्षेत्रमा पनि काम गरिसकेको हुनाले मलाई यसमा केही सहज भएको हो । यहाँको व्यवस्थापन चुस्त बनाउन कुन ठाउँमा केको कमी छ, त्यसको पूर्ति गर्न के गर्नुपर्छ भन्ने यकिन गर्न मलाई मेरो पहिलेको कामको अनुभवले थप सहयोग पुग्यो । त्यसबाहेक मैले सबैको साथ र सहयोग पाउँदा काम गर्न सजिलो भयो । लामो समय बैंकिङ क्षेत्रमा काम गर्नुभयो । फरक क्षेत्र, त्यसमा पनि अस्पतालको व्यवस्थापन गर्नुपर्दा गाह्रो/अफ्ठ्यारो के भयो ? अस्पतालमा व्यवस्थापनको पाटो एकातिर छ भने अर्कोतर्फ स्वास्थ्य क्षेत्र छ । व्यवस्थापनको पाटो सम्हाल्न त मलाई खासै गाह्रो भएन । किनभने यो पक्ष सम्पूर्ण व्यवसायमूलक संस्थामा एकै किसिमको हुन्छ । तर स्वास्थ्य क्षेत्रको पाटोमा भने मलाई केही समय गाह्रो नै पर्‍यो । जस्तै– बजारमा विभिन्न विधाका डाक्टर हुन्छन् । ती डाक्टरलाई कहाँ र कसरी परिचालन गर्ने भन्ने छुट्ट्याउन अन्योलकै अवस्था आयो । उनीहरूलाई के कसरी सुविधा दिने भन्ने मेरा लागि नयाँ अभ्यास थियो । त्यसका लागि मैले यस अस्पतालमा प्रवेश गर्ने बेला एकजना डाक्टरसँग सहकार्य गरेको थिएँ । उहाँले यसमा मलाई धेरै सहयोग गर्नुभयो । बिरामी अस्पताल आउनासाथ आवश्यकता नभए पनि विभिन्न किसिमका चेकजाँच गर्न लगाउने र जसरी भए पनि अस्पतालले फाइदा कमाउनुपर्छ भन्ने परिपाटी बस्यो भन्ने गुनासो सुनिने गर्छ । नेपालमा यस्तो खालको विकृति किन मौलाएको होला ? यस्तो मैले पनि सुनेको छु । यस क्षेत्रमा आउनुभन्दा पहिला मलाई पनि त्यस्तै लाग्थ्यो । जब म यस क्षेत्रमा प्रवेश गरेँ, त्यसपछि मात्र थाहा भयो कि ती हरेक किसिमका परीक्षणको आफ्नै महत्त्व छ । हाम्रो शरीरमा कुन तत्त्वको कमी वा बढी छ, केको आवश्यकता छ, शरीरका अंगहरू किन सामान्य अवस्थामा चलिरहेका छैनन् र किन हामीलाई ती लक्षण देखापर्छन् भन्नेबारे त्यस्ता परीक्षण नगरीकन थाहा नहुने रहेछ । अधिकांश बिरामीले यसलाई डाक्टरले विनाकारण परीक्षण गराएको भन्ने बुझेका हुन्छन् । तर एउटा बिरामीले कुनै अर्को अस्पतालमा पहिले नै गरिसकेको परीक्षण फेरि दोहोर्‍याएर आफ्नो अस्पतालमा गर्न लगाउने परिपाटी चाहिँ केही हदसम्म नराम्रो हो । यद्यपि कतिपय अवस्थामा आवश्यकताका आधारमा ती परीक्षण डाक्टरले पुनः गराउन सक्छन् । तपाईं यो अस्पतालमा प्रवेश गर्नुअघिको वित्तीय अवस्था कस्तो थियो र अहिले कस्तो छ ? म आउनुअघि स्टार अस्पताल लगभग २६ करोड रुपैयाँभन्दा बढी घाटामा थियो । ३६ करोड पूँजी भएको अस्पतालमा यति ठूलो घाटा हुनु भनेको निकै कम मात्र पूँजी बाँकी थियो । बैंकहरूबाट थप ऋण सहयोग दिन बन्द भइसकेको अवस्था थियो । अस्पताल चलाउनकै लागि बजारबाट २० देखि २४ प्रतिशत ब्याजमा ऋण लिएर कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यता थियो । त्यही बेला मसहितको समूह समाज प्रवेश गरेका हौं । अहिले ६९ करोड इक्विटी छ । सञ्चालन घाटा २१ करोडमा झारेका छौं । अस्पतालको लोकेसनका कारण बिरामी कम आउने लगायत समस्या भएको हो ? त्यो समस्या छ । तर पछिल्लो समय यसमा सुधार हुँदै गएको पनि छ । सेवाग्राहीलाई अस्पताल कहाँ छ, कस्तोखाले अस्पताल हो, त्यहाँबाट के कस्तो सेवासुविधा लिन सकिन्छ भन्ने थाहा नहुन्जेल यस्तो खालको समस्या हुन्छ । तर ती सबै थाहा भएपछि स्वाभाविक सेवाग्राही आउँछन् । अस्पतालमा बिरामीको आकर्षण कस्तो छ ? कहाँ कहाँबाट आउँछन् सेवाग्राही ? हामी यहाँ प्रवेश गरेकै समयमा कोरोना महामारी आयो । त्यही बेला पीसीआर परीक्षणको शुरुआत गर्‍यौं । कोरोना उपचारमा हामीले अग्रणी भूमिका निर्वाह गर्दै आयौं । कोरोना महामारीका कारण स्टार अस्पताल भन्नेबित्तिकै धेरै मानिसको बीचमा चिनियौं । भक्तपुर, बनेपा, धुलिखेल, रामेछाप, सिन्धुली, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, गोरखा लगायत जिल्लाका साथै कोभिडको समयमा नेपालगञ्ज, पोखरा र भैरहवाबाट हेलिकोप्टरमा समेत बिरामी आउने अवस्था बन्यो । हामी पछिल्लो समय कोरोना उपचार गर्ने अस्पतालको रूपमा पनि चिनियौं । डेल्टा भेरियन्ट आउँदा कतिपय बिरामीलाई यहाँ ठाउँ नभएर अन्य अस्पताल जानुपर्ने अवस्था पनि आयो । कोरोनाका कारण हुने मृत्यदरमा स्टार अस्पतालको निकै न्यून करीब ४ प्रतिशत मात्र छ । अस्पतालमा उपचारका के कस्ता सेवा सुविधा छन् ? अर्थोपेडिक अन्तर्गत टीकेआर र टीएचआर जस्ता सुविधा दिएका छौं । ग्यास्ट्रोको ठूला शल्यक्रिया गरेका छौं, जुन सबै अस्पतालमा उपलब्ध छैन । नेपालमै नमूनाका रूपमा विश्वकै उत्कृष्ट ब्राण्डको जीआई इक्वीपमेन्टसहित डाक्टर ईश्वरीलाल आचार्यको नेतृत्वमा जीआई सेन्टर खडा गरेका थियौं । दुर्भाग्यवश उहाँको कोरोनाका कारण निधन भयो । होटल क्षेत्रलाई जस्तै अस्पतालहरूलाई पनि स्टार दिने चलन भइदिएको भए योे अस्पताललाई तीन अथवा चार स्टार दिन्थेँ होला । किनभने हामीले अझै धेरै काम गर्न बाँकी छ । स्टार अस्पतालले सर्वसाधारणलाई शेयर बेच्ने कुरा थियो । यसमा पछिल्लो प्रगति के छ ? स्थापनाको शुरुआती अवस्थामा केही समय यो अस्पताल प्राइभेट लिमिटेड कम्पनी थियो । पछि शेयर सदस्यको संख्या बढ्दै गएपछि ३६० शेयर सदस्यसहित पब्लिक लिमिटेड कम्पनीमा परिणत भयो । अब यसलाई सामुदायिक अस्पताल बनाउने उद्देश्यले ३ हजार ४०० भन्दा बढी शेयर सदस्य आबद्ध गराएका छौं । आईपीओ जारी गरेर सर्वसाधारणलाई शेयर बेच्न ३ वर्ष नाफाको ब्यालेन्ससीट हुनुपर्छ । अहिले यो वर्ष भर्खरै नाफाको ब्यालेन्ससीट आएको छ । यस हिसाबले आव २०७९/८० सम्ममा आईपीओ जारी गर्ने अवस्थामा पुग्छौं । कम्तीमा १५ देखि बढीमा २० प्रतिशतसम्म आईपीओ जारी गर्ने भन्ने हाम्रो योजना हो । सरकारी नीति, नियम लगायत कारण अस्पताल सञ्चालनमा केही समस्या छ कि ? सुधार गर्नुपर्ने ठाउँ देख्नुहुन्छ ? आजको दिनमा सरकारले निजीक्षेत्रमार्फत सञ्चालित अस्पताललाई केही उदारता देखाउनुपर्छ भन्ने मेरो मान्यता छ । सरकारले एकातिर खुला बजार अर्थतन्त्रको कुरा गर्छ भने अर्कातिर बजार हस्तक्षेप पनि गर्न खोज्छ । अस्पतालले सबै जनताको पहुँच पुग्ने खालको सेवा, सुविधा दिनुपर्छ भन्ने सरकारको जुन धारणा छ, त्यसमा निजीक्षेत्रका अस्पतालले पनि त्यस्तो सुविधा दिनुपर्छ । तर विभिन्न किसिमका शुल्कमा सरकारले नियन्त्रणकारी दर तोकिदिएको छ । त्यो खुला बजार अर्थतन्त्रलाई सहयोग गर्ने खालको भएन । स्वास्थ्य बीमाको सुविधा विस्तार भएमा केही राम्रो हुन्छ कि ? यसमा के सुधार आवश्यक छ ? यो भयो भने त राम्रो हो । सरकारले पनि स्वास्थ्य बीमाबारे जनस्तरमा चेतना जगाउन जरुरी छ । म स्वस्थ छु, मैले किन बीमा गर्ने भन्ने खालको सोच आममानिसमा अझै छ । स्वास्थ्य बीमाका फाइदाबारे सरकारले जनतालाई सुसूचित गर्नुपर्छ । जनताले पनि मेरो व्यक्तिगत फाइदाका लागि हो भनेर बुझ्नुपर्दछ । नेपाललाई मेडिकल टुरिजमको गन्तव्य बनाउन सकिन्छ भन्ने बहस पनि बेला बेला हुने गर्छ । यो सम्भव छ ? हो, यो सम्भव छ । हामीकहाँ राम्रो र दक्ष डाक्टरको अभाव छैन । कुनै कुनै सेवासुविधा विदेशमा भन्दा नेपालमा धेरै सुलभ र सहज छन् । हाल नेपालमा पनि गर्भ र प्रजनन सम्बन्धी समस्या समाधानका राम्रा सुविधा छन् । यसका लागि बेलायतबाट समेत नेपालमा आएर गरिएका उदाहरण छन् । यस्ता केही सेवा छन्, जसमा विदेशबाट सेवाग्राही तान्न सकिन्छ भन्ने मलाई लाग्छ । अहिले पनि भारतबाट ठूलो संख्यामा मानिस उपचार गर्न आउँछन् । यसलाई पनि एउटा सम्भावनाका रूपमा लिनुपर्छ ।

बायर्न छाडे लेवान्डोस्कीको गन्तव्य कता ?

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले क्लब छाड्ने संकेत दिएका छन् । बायर्नबाट सबथोक जितिसकेका कारण नयाँ चुनौती स्वीकार्न तयार रहेको भन्दै उनले क्लब छाड्ने संकेत गरेका हुन् । ‘म खुल्ला विचारको हुँ । मलाई बायर्न धेरै राम्रो लाग्छ । शहर उत्कृष्ट छ, यो एक उत्कृष्ट क्लब हो । नयाँ भाषा, […]

महामारीमा वैदेशिक रोजगार : गन्तव्य मुलुकको सूचीमा नेपाल ‘रेडजोन’ बाट हटेन

काठमाडौं । सरकार कोरानाविरुद्धको खोप ल्याउन असफल भइरहँदा एक दर्जन श्रम गन्तव्य मुलुकहरूले नेपाललाई ‘रेड जोन’ मा कायमै राखेका छन् । नेपालीहरूका लागि आकर्षक मानिएको कुवेत, मलेशिया, दुबईले महामारीयता नेपालबाट कामदार नै लिएका छैनन् । ती देशले नेपाललाई जोखिमको सूचीमा राखी कामदार नलिँदा १६÷१७ महीनादेखि नेपालीहरू रोजगारीका लागि ती मुलुक जान पाएका छैनन् । साउदी, ओमन, कतारसहितका देशमा समेत कामदार जान सकेका छैनन् । ती देशले शर्त अघि सारेर कामदार लिन इच्छा देखाए पनि त्यस्तो शर्त पूरा गर्न कठिन देखिएको छ । ती देशले आप्रवासी कामदार नीतिमा प्रोटोकलअन्तर्गत भ्याक्सिन अनिवार्य गराउँदा नेपालीहरूलाई जान अप्ठ्यारो परेको हो । साउदी, दुबई, कुवेतले तयार गरेको प्रोटोकलमा भ्याक्सिन अनिवार्य गरिएको छ । अमेरिका तथा यूरोपेली मुलुकमा निर्माण गरिएको भ्याक्सिन लगाएका कामदार लिने नीति ती देशको रहेको छ । नेपालमा सरकारले भ्याक्सिनको प्रबन्धमा ढिलाइ गर्दा नेपाल थप रेड जोनमै रहने र शर्त पूरा गरेर नेपाली जान सक्ने अवस्था तत्काल नरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले बताए । ‘भ्याक्सिन नलगाएको श्रमिक कुनै पनि देशले लिन मानिरहेको छैन तर नेपालमा सरकारले भ्याक्सिनको प्रबन्ध गर्न सकेन, यसले वैदेशिक रोजगार थप संकटमा धकेलियो,’ श्रेष्ठको भनाइ छ । मुलुकभित्र सृजना भएको बेरोजगारीको अवस्थालाई सल्टाउन नेपालले रोजगारमा कूटनीतिक पहल र भ्याक्सिन अभियानलाई जोडबलका साथ अघि बढाउनुपर्ने चुनौती रहेको उनी बताउँछन् । ‘कि त छिटो सबैलाई भ्याक्सिन देऊ होइन भने रेड जोनमा राखेका गन्तव्य मुलुकलाई सरकारले भ्याक्सिनको प्रबन्ध गरेर हाम्रा कामदार लैजाऊ भन्न सक्नुप¥यो,’ श्रेष्ठ भने । सरकारमाथि खोप ल्याउन दबाब परे पनि तत्काल खोप उपलब्ध हुने छाँटकाट देखिँदैन । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले चीन, भारत, अमेरिकासहित यूरोपेली मुलुकसँग खोपका लागि निरन्तर पहल जारी रहेको बताए । उनका अनुसार छिट्टै खोपको व्यवस्थापन हुनेछ । तर, कहिले हुन्छ भन्नेबारे स्वास्थ्य मन्त्रालयले यकिन भन्न सक्ने अवस्था भने छैन । सरकारले निषेधाज्ञा खुकुलो गरेर उडानमा केही सहजीकरण गरेपछि थोरै संख्यामा मात्रै शर्त पूरा गरेर साउदी, ओमन, कतारमा कामदार गएको व्यवसायीहरूको भनाइ छ । नेपालीहरूका लागि आकर्षक मानिँदै आएको टर्कीले पनि सोमवारबाट नेपालसहित ६ ओटा मुलुकबाट हुने सीधा उडानमा रोक लगाएको छ । कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै टर्कीले नेपालसहित भारत, माल्दिम्भ, श्रीलंका, ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने सबै सीधा उडानमा रोक लगाएपछि अब त्यहाँ तत्काल नेपाली जान कठिन हुनेछ । नेपाल विप्रेषणमा निर्भर मुलुक भएको र तत्काल अन्य सम्भावना नदेखिएकाले वैदेशिक रोजगारमा कामदार पठाउन सरकारले ठोस पहल थाल्नुपर्ने देखिएको छ । कोरोना महामारी शुरू भएयता खाडी मुलुकसहित अन्य देशबाट रोजगारी गुमाएर फर्केकाहरू र मुलुकभित्रै १२ लाखभन्दा बढी थप बेरोजगार बनेको वैदेशिक रोजगार व्यवसायीहरूको अध्ययनले देखाउँछ । यसमा भारतबाट फर्केका गणना गरिएको छैन । प्रत्येक वर्ष नेपालबाट वैदेशिक रोजगारमा जान इच्छा देखाउनेको संख्या ५–६ लाखको हाराहारीमा हुने गरेको र यो जनशक्ति कोरोनाकै कारण विगत २ वर्षयता विदेशमा जान नपाएको अध्ययनले देखाउँछ ।