काठमाडौं : ‘प्रचण्डको अस्थिरताको कारण छोरीलाई भरतपुर महानगरको मेयर कताबाट बनाउन पाइन्छ भन्नेमै हो। कुन पार्टीबाट कसरी भन्नेमा के भन्ने पनि छैन। उहाँको गन्तव्य छोरीलाई भरतपुरको मेयर। अरू केही छैन। कांग्रेससँग प्रचण्डले गरेको चर्को ‘बार्गेनिङ’ त्यही हो’ एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा आयोजित एक कार्यक्रममा भनेका थिए। ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिएर त्यति मात्रै भनेनन् ०७४ को निर्वाचनमा पनि आफूले रेनुलाई मेयर नबनाउने बताएपछि कांग्र