दाङ- लुम्बिनी प्रदेशसभा स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा सरेको छ। मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेशसभाको सबै कामकाज स्थायी राजधानीबाट सुरु भएको प्रदेशसभा सचिव दुर्भकुमार पुनले जानकारी दिए। ‘प्रदेशसभा र सचिवालयको सबै कामकाज स्थायी राजधानीबाट सुरु भएको छ’, प्रदेशसभा सचिव पुनले भने,‘प्रदेश प्रमुखबाट प्रदेश अधिवेसन आह्वान हुन्छ। प्रदेशसभा बैठक बस्नुअघि शपथ ग्रहण राख्छौँ। हाम्रो ध्यान […]