बाग्मती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेलद्वारा शपथ ग्रहण, सानो आकारको मन्त्रिपरिषद् गठन

मकवानपुर - बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मुख्यमन्त्री जम्मकट्टेललाई शपथ ग्रहण गराउनु भएको हो । यसैगरी प्रदेश प्रमुख शर्माले एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपाका संसदीय दलका नेता उद्धव थापालाई मन्त्री पदमा शपथ ग्रहण गराउनुभयो । बाग्मतीमा सानो आकारको मन्त्रिपरिषद् गठन गरेर शपथ ग्रहण समेत गरिएको हो । थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने थापालाई विना विभागीय मन्त्रीका रुपमा आज शपथ ग्रहण गराइएको हो ...