विराटनगर : प्रदेश १ मा प्रदेशसभाका नवनिर्वाचित पाँचजना सांसदले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन्।शपथ ग्रहणका लागि नवनिर्वाचित सांसदहरूलाई भोलि अर्थात् सोमबार १:३० बजे प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आह्वान गरेका छन्।प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङगाम र निर्मला लिम्बूले मातृभाषा अर्थात् लिम्बू भाषाबाट शपथ ग्रहण गर्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।आङ्बो माओवादी