पशुपतिनाथको गर्भगृहमा राजनीति : चाँदीको जलहरी रातारात सुनको

१ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको ‘चासो’ र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्रेरणात्मक निर्देशन’ मा अघि बढेको पशुपतिमा सुनको जलहरी राख्ने काम विवादास्पद हुनुको कारण धार्मिक आस्था भन्दा राजनीतिक स्वार्थ हावी हुँदाको परिणाम हो ।

सम्बन्धित सामग्री

मेयर बालेनको टिप्पणी : तिम्रो माया पशुपतिको जलहरी जस्तै

काठमाडौं, १४ असार । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बेला बेलामा सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गरिरहन्छन् । उनी कहिले राजनीति त कहिले सामाजिक विषयमा बोलिरहन्छन् । आज भने उनले कानून र वर्तमान राजनीतिलाई व्यंग्य गर्दै आफ्नो निजी विचार सेयर गरेका छन् । उनले लेखेका छन्– तिम्रो माया पशुपतीको जलहरी जस्तै, जती घटे पनि, लाग्छ […]

सरकार कहाँ छ ?

जनतालाई चाहिएको छ उपचार र खोप, सरकारलाई  चुनाव । संसदीय व्यवस्था रे, संसद् चैं चल्नै नपाउने । कोही संसद् विघटन गर्ने । कोही अदालत जाने । संसद्को पुनरुत्थान गर्ने रे । देश र जनताको उत्थान चैं कहिले र कस्ले गर्ने होला ? छिमेकीहरू अन्तरिक्षको फन्को मार्दै गर्दा हामी चैं संसद् र अदालतकै फन्को लाइरहने हो कि ? एउटै दलका नेताहरू एकअर्कालाई कारबाही र स्पष्टीकरणको दोहोरी । छ्या ! राजनीति किन यत्ति फोहोरी ? हाम्रो देशमा यो सरकार भन्ने कुनै तत्वको अस्तित्व छ कि छैन । यदि छ भने त्यो कहाँ बस्छ ? उसको रूप कस्तो देखिन्छ ? ऊ दौरासुरुवाल लाएर बस्छ कि धोतीकुर्ता ? सरकार भगवान् जस्तै भएर हो कि ‘छ’ भन्ने चाहिँ सुनिने, तर कतै नदेखिने । एकजना वृद्ध निषेधाज्ञामा पनि सरकारको खोजी गर्दै गाउँबाट राजधानीसम्म जसोतसो आएछन् । उनी चाहन्थे सरकारलाई भेटेर आफ्ना दुःखेसोहरू सुनाऊँ । तर उनले कि त सरकारका नोकरचाकरहरू भेटे, कि त जोकरहरू मात्र भेटे । सचिव, मुख्यसचिव र मन्त्री भनिनेलाई पनि भेटे । मेरो सरकार भनिरहने सरकारका मालिकलाई पनि भेटे । तर, सरकारको चैं दर्शन पाउन सकेनन्, सरकार चिन्न पनि सकेनन् । सरकार भनेको उनीजस्ता सामान्यजनको दुःखहर्ता, तिनका प्रश्नको उत्तरकर्ता हुन्छ भन्ने उनले सुनेका थिए । तर त्यो कतै भेटिएन । निराश, थकित र गलित भएपछि यी वृद्ध पशुपतिनाथ मन्दिर छेउ पुगेर एउटा कुनामा ढलेछन् । गहिरो निद्रामा उनको सपनामा स्वयं पशुपतिनाथ अर्थात् भोलेबाबा प्रकट हुनुभएछ । वृद्धले सोधेछन्– ‘हे भोलेबाबा ! तपाईं त्रिकालदर्शी हुनुहुन्छ, सर्वज्ञ हुनुहुन्छ । कृपया मलाई बताइदिनोस् कि हाम्रो देशमा यो सरकार भन्ने कुनै तŒवको अस्तित्व छ कि छैन । यदि छ भने त्यो कहाँ बस्छ ? उसको रूप कस्तो देखिन्छ ? ऊ दौरासुरुवाल लाएर बस्छ कि धोतीकुर्ता ? वा अरू केही ? ऊ कसरी हिँड्छ ? दुई खुट्टाले कि चारखुट्टाले ? उड्छ कि गुड्छ ? उसले काम चैं के गर्छ ? कसले अह्राएको गर्छ ? के बोल्छ ? बोलेको अनुसार गर्छ ? कहाँबाट बोल्छ, मुखबाट कि अन्य अंगबाट बोल्छ ?’ भोलेबाबाले गम्भीर भएर बोल्न थाल्नुभएछ – ‘हे बालक ! सरकारहरूलाई बुझ्न असम्भवप्रायः छ । यो छ पनि, छैन पनि । कर उठाउँदा दृश्य, जनता समस्यामा पर्दा अदृश्य । हामीले चाहेजस्तो नगर्ने, हामीले नचाहेको चाहिँ गर्ने । म त कुनै धन सम्पत्तिमा आशक्त छैन मात्र होइन, विरक्त नै छु । तर देखेनौ, म बाघको छालामै रमाउनेलाई एकाएक सुनको जलहरी भिराइदिएर कलंकित गरेको ? दुःखीहरूलाई दिनु नि । मन्दिरको कोषमा दिनु नि । मलाई यो के काम ? मलाई किन ?’ उहाँले थप्नुभएछ, ‘मैले हेर्दाहेर्दै सजिलै पाउन सक्ने स्वास्थ्य उपचारबाट हजारौं मनुवालाई वञ्चित गराइयो । मेरो आँगनमा ल्याइएका शवहरूको राम्रोसँग दाहसंस्कार समेत हुन पाएन । ‘जो अगुवा उही बाटो ...के भनेझैं, देशकै कार्यकारी प्रमुखमाथि जालसाझीलगायत झण्डै आठ सय मुद्दाहरू परेका छन् । अनादिकालदेखि जताततै यति धेरै अत्याचार, चित्कार र हाहाकार मैले कहिल्यै देखेको थिइनँ । बालक ! के सरकार भएको भए यस्तो हुन्थ्यो र ?’ वृद्धले फेरि सोधे– ‘प्रभु ! अदृश्य नै सही, कतै न कतै त सरकारको अस्तित्व त होला नि  । नत्र यो केन्द्रीय सरकार, प्रान्तीय सरकार, स्थानीय सरकार आदि अनेक नामको सरकार के हुन् त ? ’ भोलेबाबा भन्नुहुन्छ– ‘हो, सरकार विभिन्न रूपमा भने छ । तर अदृश्य रूपमा । कहिले त्यो बिजुलीका पोलमा देखिन्छ, कहिले अक्सिजनका सिलिण्डरमा भेटिन्छ । तर त्यसरी भेटे पनि काम लाग्दैन । त्यस्तो रूप त सरकारका नोकरचाकरको फाइदाका लागि मात्र हो । सरकार त आफ्नै नोकरचाकरझैं भूतप्रेतजस्तै हुन्छ ।’ वृद्धले फेरि सोधे– ‘प्रभु ! त्यसो भए सरकार चल्छ कसरी ?’ भोलेनाथले भन्नुभयो– ‘सरकार धेरैजसो हेलिकोप्टर या कारमा हिँड्छ, अर्थात् विनाखुट्टै हिँड्छ । त्यसैले कहिलेकाहीँ लड्छ पनि । कहिले ऊ कामचलाऊ बनेर बस्छ । त्यसो भएपछि झन् मनपर्दी काम गर्न पाउँदो रहेछ । उसको कान हुँदैन, त्यसकारण कसैको सुन्दैन पनि । अनि त दुःखी, आपत्मा परेकाहरूको चित्कार उसले सुन्ने कुरै भएन । उसको आँखा पनि हुँदैन । त्यसैले जनताको दुःख देख्दै देख्दैन । तर, आफूलाई फाइदा हुने कुरा चाहिँ सुन्छ र देख्छ पनि । उसको हात पनि हुँदैन, तर नानाभाँती उपद्रो कर्महरू भने गरिरहन्छ ।’ वृद्धले फेरि जिज्ञासा राखे– ‘त्यसो भए यो सरकार भन्ने जीवले खान्छ चैं के त ?’ भोलेबाबाले उत्तरमा भन्नुभयो – ‘मुख छैन । तर सबैथोक खान सक्छ । सरकारको सुँघ्ने र खाने शक्ति बेजोड हुन्छ । ऊ सबै प्रकारका रसको पनि उपभोग गर्छ । खान अयोग्य भनेका वस्तुहरू त बढी नै खाइदिन्छ, जस्तै घूस । सिंगै पुल क्वाप्प पार्छ । सिमेण्ट, इँटा, छड पनि खाइदिन्छ । कहिले हवाईजहाज खाइदिन्छ, कहिले पानीजहाज र रेल । भेन्टिलेटर, खोप, सिरिन्ज, पञ्जा, मास्क, सिलिण्डर, औषधि त झिनामसिना भइहाले । यी सबै खाएर पचाइदिन्छ पनि । तर मुखै नदेखिने भएकाले खाएको हो भनेर प्रमाणित गर्न चैं सकिन्न । सरकारलाई प्रत्यक्ष रूपमा देख्न, अनुभव गर्नै पाइँदैन । खासमा सरकारको आकार ठूलै हुन्छ । तर त्यो प्रकटीकरण हुँदैन, अर्थात् देखिँदैन । हामी देवताहरू जस्तै बन्न खोजेर होला, ऊ पनि निराकार भएर पो बसेको छ त ।’ दुःखी वृद्ध अलमलमा पर्छन् । यो देखेर भोलेबाबा फेरि भन्नुहुन्छ– ‘त्यसैले हे मनुष्य ! तिमी सरकारको खोजी गर्नै छाडिदेऊ । बाहिर बाहिर भट्किएर नहिँड । बरु आँखा बन्द गरेर आफैभित्र खोज । सरकार तिमी आफैभित्र फेला पर्छ ।’ यति भनिसकेर भोलेबाबा अन्तरध्यान हुनुभएछ । सामुन्ने प्रहरीले हकार्दै थियो, ‘ओई निषेधाज्ञामा तँ यहाँ किन ? जाक्दिम जेलमा ?’ वृद्ध झल्याँस्स बिँउझिएछन् । तपाईं हामी पनि बिँउझिने बेला भएन र ?

सरकारी प्राथमिकता के हो ?

कोरोना महामारी नियन्त्रण र रोकथामका लागि अघिल्लो वर्ष चैत ११ गतेदेखि देशव्यापी रूपमा जारी गरिएको बन्दाबन्दी र निषेधाज्ञा भदौसम्म नाममा जारी रह्यो । यसबाट उद्योगी, व्यवसायी, रोजगारीमा रहेका तथा अन्य सबै सर्वसाधारण नराम्ररी प्रभावित भए तर सरकारबाट खासै कुनै राहत पाएनन् । महामारीका बेला खान लगाउन तथा स्वास्थ्यउपचार जस्तो आधारभूत तथा अत्यावश्यक काम गर्न नपाएका जनताप्रति सहानुभूति नदेखाउने सरकारको मूर्ति स्थापना र भ्यू टावरप्रति भने अति नै सक्रिय देखिन्छ । पशुपतिनाथ मन्दिरमा १०८ केजी सुन जलहरी लगाइयो धरहरामा ९५ तोला सुनको जलप लगाइएको गजुर स्थापना गरियो । राज्य कोषबाट करीब ८४ करोड रुपैयाँ मूल्य बराबरको सुन मन्दिर र धरहराका लागि खर्च गरेको छ । अस्पतालभन्दा यी कुरा सरकारको प्राथमिकतामा परेको भन्दै सर्वसाधारण आक्रोशित पनि भएका छन् । तर, अनुत्पादक तर प्रचारबाजी काममा सरकार रमाएको देखिन्छ । स्वास्थ्यचौकी बनाउने भनेर उद्घाटन भयो, सडक उद्घाटन भयो तर तिनको निर्माणले कत्ति पनि गति लिएको छैन । धरहरा, रानीपोखरीजस्ता केही पुनर्निर्मित संरचना देखाएर सरकारले देशमा समृद्धि ल्याएको भन्दै सरकारी समर्थकहरू उफ्रिरहेका भेटिन्छन् । ती संरचना बन्नु राम्रै हो तर त्यही नै सरकारको ठूलो सफलता मान्नुचाहिँ ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै हो । साँचीकै सरकारको प्राथमिकता सत्ता जोगाउनु हो कि जनताको अपेक्षा पूरा गर्नु हो त ? सरकारले जनताप्रतिको उत्तरदायित्व पूरा गर्न भाषणबाजी त राम्रै गरेको छ तर त्यसको अनुपातमा काम भने निकै थोरै भएको छ । सरकारको प्राथमिकता राजनीति भएकाले राजनीतिक भेटघाटका लागि जति पनि समय छ, राजनीतिक भेलाका लागि जे पनि गर्न सक्छन् तर विकास निर्माणका कामलाई गति दिन भने खासै सक्रिया भएको देखिँदैन । कि त कर्मचारीले सरकारलाई नटेरेको हुन प¥यो कि सरकारले उनीहरूलाई काम गर्न प्रोत्साहित नगरेको भन्नुप¥यो । के सरकारले आफ्नो प्राथमिकता र प्रतिबद्धता राम्ररी बुझेको होला त ? उत्तम केसी बालाजुहाइट, काठमाडौं ।

पशुपति जलहरी प्रतिस्थापन

अहिले पशुपतिनाथमा सुनको जलहरी राख्ने/नराख्ने भन्ने महत्वपूर्ण विषय होइन। मुख्य कुरा सरकार आफ्नो प्राथमिकताको विषयमा प्रष्ट हुनुपर्ने हो। तर, सरकारको काम कारबाहीचाहिँ लोकप्रियताको नाममा बरालिएको मात्रै होइन, धर्मको राजनीति गर्न खोजेको आभाष पनि हुन गएको छ।

प्रकरणमा तरङ्गित राजनीति

समसामयिक नेपालको राजनीतिक परिदृश्यलाई सूक्ष्म ढङ्गले हेर्दा राजनीतिक सिद्धान्त र सदाचारको मूल बाटोबाट विमुख भएर बरालिएको विमार्गतिर रुमलिएको हो कि भन्ने तमाम प्रश्न उब्जिएका छन् । पछिल्लो तीन महिना नेपाली राजनीति विभिन्न प्रकरण धारावाहिक रूपमा बाहिरिएपछि तरङ्गित छ । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा हिनामिना प्रकरण, पशुपतिनाथमा जलहरी प्रकरण, टिआइएबाट बाहिरिएको एक क्विन्टल सुन प्रकरण आदि उल्लिखित सबै प्रकरणमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा राजनीतिक संलग्नता रहेको आंशिक रूपमा पुष्टि भइसकेका छन् भने केही अनुसन्धानकै व्रmममा छन् । भ्रष्टचारका प्रकरणहरू यहाँ नौलो र सहज मात्र होइन कि व्यवस्थाभित्रैको चूर्णमा परिणत भइसकेका छन् ।