सरकार कहाँ छ ?

जनतालाई चाहिएको छ उपचार र खोप, सरकारलाई  चुनाव । संसदीय व्यवस्था रे, संसद् चैं चल्नै नपाउने । कोही संसद् विघटन गर्ने । कोही अदालत जाने । संसद्को पुनरुत्थान गर्ने रे । देश र जनताको उत्थान चैं कहिले र कस्ले गर्ने होला ? छिमेकीहरू अन्तरिक्षको फन्को मार्दै गर्दा हामी चैं संसद् र अदालतकै फन्को लाइरहने हो कि ? एउटै दलका नेताहरू एकअर्कालाई कारबाही र स्पष्टीकरणको दोहोरी । छ्या ! राजनीति किन यत्ति फोहोरी ? हाम्रो देशमा यो सरकार भन्ने कुनै तत्वको अस्तित्व छ कि छैन । यदि छ भने त्यो कहाँ बस्छ ? उसको रूप कस्तो देखिन्छ ? ऊ दौरासुरुवाल लाएर बस्छ कि धोतीकुर्ता ? सरकार भगवान् जस्तै भएर हो कि ‘छ’ भन्ने चाहिँ सुनिने, तर कतै नदेखिने । एकजना वृद्ध निषेधाज्ञामा पनि सरकारको खोजी गर्दै गाउँबाट राजधानीसम्म जसोतसो आएछन् । उनी चाहन्थे सरकारलाई भेटेर आफ्ना दुःखेसोहरू सुनाऊँ । तर उनले कि त सरकारका नोकरचाकरहरू भेटे, कि त जोकरहरू मात्र भेटे । सचिव, मुख्यसचिव र मन्त्री भनिनेलाई पनि भेटे । मेरो सरकार भनिरहने सरकारका मालिकलाई पनि भेटे । तर, सरकारको चैं दर्शन पाउन सकेनन्, सरकार चिन्न पनि सकेनन् । सरकार भनेको उनीजस्ता सामान्यजनको दुःखहर्ता, तिनका प्रश्नको उत्तरकर्ता हुन्छ भन्ने उनले सुनेका थिए । तर त्यो कतै भेटिएन । निराश, थकित र गलित भएपछि यी वृद्ध पशुपतिनाथ मन्दिर छेउ पुगेर एउटा कुनामा ढलेछन् । गहिरो निद्रामा उनको सपनामा स्वयं पशुपतिनाथ अर्थात् भोलेबाबा प्रकट हुनुभएछ । वृद्धले सोधेछन्– ‘हे भोलेबाबा ! तपाईं त्रिकालदर्शी हुनुहुन्छ, सर्वज्ञ हुनुहुन्छ । कृपया मलाई बताइदिनोस् कि हाम्रो देशमा यो सरकार भन्ने कुनै तŒवको अस्तित्व छ कि छैन । यदि छ भने त्यो कहाँ बस्छ ? उसको रूप कस्तो देखिन्छ ? ऊ दौरासुरुवाल लाएर बस्छ कि धोतीकुर्ता ? वा अरू केही ? ऊ कसरी हिँड्छ ? दुई खुट्टाले कि चारखुट्टाले ? उड्छ कि गुड्छ ? उसले काम चैं के गर्छ ? कसले अह्राएको गर्छ ? के बोल्छ ? बोलेको अनुसार गर्छ ? कहाँबाट बोल्छ, मुखबाट कि अन्य अंगबाट बोल्छ ?’ भोलेबाबाले गम्भीर भएर बोल्न थाल्नुभएछ – ‘हे बालक ! सरकारहरूलाई बुझ्न असम्भवप्रायः छ । यो छ पनि, छैन पनि । कर उठाउँदा दृश्य, जनता समस्यामा पर्दा अदृश्य । हामीले चाहेजस्तो नगर्ने, हामीले नचाहेको चाहिँ गर्ने । म त कुनै धन सम्पत्तिमा आशक्त छैन मात्र होइन, विरक्त नै छु । तर देखेनौ, म बाघको छालामै रमाउनेलाई एकाएक सुनको जलहरी भिराइदिएर कलंकित गरेको ? दुःखीहरूलाई दिनु नि । मन्दिरको कोषमा दिनु नि । मलाई यो के काम ? मलाई किन ?’ उहाँले थप्नुभएछ, ‘मैले हेर्दाहेर्दै सजिलै पाउन सक्ने स्वास्थ्य उपचारबाट हजारौं मनुवालाई वञ्चित गराइयो । मेरो आँगनमा ल्याइएका शवहरूको राम्रोसँग दाहसंस्कार समेत हुन पाएन । ‘जो अगुवा उही बाटो ...के भनेझैं, देशकै कार्यकारी प्रमुखमाथि जालसाझीलगायत झण्डै आठ सय मुद्दाहरू परेका छन् । अनादिकालदेखि जताततै यति धेरै अत्याचार, चित्कार र हाहाकार मैले कहिल्यै देखेको थिइनँ । बालक ! के सरकार भएको भए यस्तो हुन्थ्यो र ?’ वृद्धले फेरि सोधे– ‘प्रभु ! अदृश्य नै सही, कतै न कतै त सरकारको अस्तित्व त होला नि  । नत्र यो केन्द्रीय सरकार, प्रान्तीय सरकार, स्थानीय सरकार आदि अनेक नामको सरकार के हुन् त ? ’ भोलेबाबा भन्नुहुन्छ– ‘हो, सरकार विभिन्न रूपमा भने छ । तर अदृश्य रूपमा । कहिले त्यो बिजुलीका पोलमा देखिन्छ, कहिले अक्सिजनका सिलिण्डरमा भेटिन्छ । तर त्यसरी भेटे पनि काम लाग्दैन । त्यस्तो रूप त सरकारका नोकरचाकरको फाइदाका लागि मात्र हो । सरकार त आफ्नै नोकरचाकरझैं भूतप्रेतजस्तै हुन्छ ।’ वृद्धले फेरि सोधे– ‘प्रभु ! त्यसो भए सरकार चल्छ कसरी ?’ भोलेनाथले भन्नुभयो– ‘सरकार धेरैजसो हेलिकोप्टर या कारमा हिँड्छ, अर्थात् विनाखुट्टै हिँड्छ । त्यसैले कहिलेकाहीँ लड्छ पनि । कहिले ऊ कामचलाऊ बनेर बस्छ । त्यसो भएपछि झन् मनपर्दी काम गर्न पाउँदो रहेछ । उसको कान हुँदैन, त्यसकारण कसैको सुन्दैन पनि । अनि त दुःखी, आपत्मा परेकाहरूको चित्कार उसले सुन्ने कुरै भएन । उसको आँखा पनि हुँदैन । त्यसैले जनताको दुःख देख्दै देख्दैन । तर, आफूलाई फाइदा हुने कुरा चाहिँ सुन्छ र देख्छ पनि । उसको हात पनि हुँदैन, तर नानाभाँती उपद्रो कर्महरू भने गरिरहन्छ ।’ वृद्धले फेरि जिज्ञासा राखे– ‘त्यसो भए यो सरकार भन्ने जीवले खान्छ चैं के त ?’ भोलेबाबाले उत्तरमा भन्नुभयो – ‘मुख छैन । तर सबैथोक खान सक्छ । सरकारको सुँघ्ने र खाने शक्ति बेजोड हुन्छ । ऊ सबै प्रकारका रसको पनि उपभोग गर्छ । खान अयोग्य भनेका वस्तुहरू त बढी नै खाइदिन्छ, जस्तै घूस । सिंगै पुल क्वाप्प पार्छ । सिमेण्ट, इँटा, छड पनि खाइदिन्छ । कहिले हवाईजहाज खाइदिन्छ, कहिले पानीजहाज र रेल । भेन्टिलेटर, खोप, सिरिन्ज, पञ्जा, मास्क, सिलिण्डर, औषधि त झिनामसिना भइहाले । यी सबै खाएर पचाइदिन्छ पनि । तर मुखै नदेखिने भएकाले खाएको हो भनेर प्रमाणित गर्न चैं सकिन्न । सरकारलाई प्रत्यक्ष रूपमा देख्न, अनुभव गर्नै पाइँदैन । खासमा सरकारको आकार ठूलै हुन्छ । तर त्यो प्रकटीकरण हुँदैन, अर्थात् देखिँदैन । हामी देवताहरू जस्तै बन्न खोजेर होला, ऊ पनि निराकार भएर पो बसेको छ त ।’ दुःखी वृद्ध अलमलमा पर्छन् । यो देखेर भोलेबाबा फेरि भन्नुहुन्छ– ‘त्यसैले हे मनुष्य ! तिमी सरकारको खोजी गर्नै छाडिदेऊ । बाहिर बाहिर भट्किएर नहिँड । बरु आँखा बन्द गरेर आफैभित्र खोज । सरकार तिमी आफैभित्र फेला पर्छ ।’ यति भनिसकेर भोलेबाबा अन्तरध्यान हुनुभएछ । सामुन्ने प्रहरीले हकार्दै थियो, ‘ओई निषेधाज्ञामा तँ यहाँ किन ? जाक्दिम जेलमा ?’ वृद्ध झल्याँस्स बिँउझिएछन् । तपाईं हामी पनि बिँउझिने बेला भएन र ?

सम्बन्धित सामग्री

यो सरकार स्थायी हो, कसैले ढाल्दैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार स्थायी भएको बताएका छन्। सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक कार्यक्रममा आफ्नो धारणा राख्दै ओलीले सरकार ढल्ने हल्लाको पछि नलाग्न आग्रह गरे। ‘सरकार कसैले ढाल्छ कि नसोच्नुहोला। अहिले धेरै खेलाडीहरू दर्शक भएका छन्। यो यत्तिकै बनेको छैन। यो सरकार स्थिरताका लागि बनाइएको हो।’ उनले भने, ‘त्यसकारण यो सरकार स्थिर र प्रभावकारी सरकारका रुपमा अगाडि बढ्छ।’ओलीले यो सरकार स्थायी ह

ओलीले भने- ‘अहिलेको सरकार अवैध सम्बन्धबाट झाडीमा जन्मिएको सरकार हो’

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकार ‘परमादेशबाट बनेको अवैध सरकार’ भएको बताएका छन्। एमालेले एमसिसीबारे मंगलबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अहिलेको सरकार अवैध सम्बन्धबाट झाडीमा जन्मेको सरकार भएको बताए। ‘अहिलेको सरकार अवैध सम्बन्धबाट झाडीमा जन्मेको सरकार हो, यसलाई हामी कहिल्यै स्वीकार गर्दैनौँ,’ उनले भने। उनले एमसिसी अब […]

यो सरकार ‘कठैबरा सरकार’: ओली

झापा – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘कठैबरा सरकार’को संज्ञा दिएका छन्। सरकार गठन भएको यतिका महिना वित्दा पनि केही गर्न नसकेको भन्दै उनले कठैबरा सरकारको संज्ञा दिएका हुन्। उनले भने, ‘यो सरकारको के कुरा गर्नु! कठैबरा सरकार।’ झापाको विर्तामोडमा आइतबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई बोल्दै उनले सरकार […]

सरकार र संसदको असक्षमताका कारण सरकार बजेटविहीन : अर्थविद्

काठमाडौं, भदौ ३० । अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटविहीन बनेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अर्थविद्हरुले सरकार र संसदको असक्षमताका कारण सरकार बजेटबिहीन बनेको बताएका हुन् । कार्यक्रममा प्राध्यापक चन्द्रमणि अधिकारीले सरकार, राजनीतिक नेतृत्व र संसद अर्थतन्त्रप्रति गम्भीर नरहेको पुष्टि भएको बताउनुभयो । ४ किसिमले सामान्यतया बजेट खर्च […]

अहिलेको सरकार लङ्गुरहरुको सरकार हो : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार लङ्गुरहरुको सरकार भएको बताएका छन्। काठमाडौं महानगरपालिकाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

यो सरकार जनताले चाहेको ‘सरकार’

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकार अरुले भन्ने गरेजस्तो परमादेशबाट नभएर जनमतबाट निर्मित सरकार हो, जनताले चाहेको सरकार भएकाले जनअपेक्षाबमोजिम नै काम गर्नेछ बताउनुभएको छ । ज्येष्ठ कांग्रेस सङ्घद्वारा काठमाडौंमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले अघिल्लो कम्युनिष्ट सरकारले बाटो नबिराएरको भए, चुनावका बेलामा जनतासँग गरेका वाचाअनुसार काम गरेको भए तथा देशमा सुशासन …

तालीवान सरकार गठनको तयारीमा, कस्तो बन्ला त सरकार ?

एजेन्सी । अफगानिस्तान नियन्त्रणमा लिएको तालीवानीहरुले सरकार गठनको तयारी गरेका छन् । २० बर्षको लामो संघर्षपछी सत्ता कब्जा गरेको तालीवानीले आफुहरुले युद्ध जितेको घोषणा गर्दै सरकार गठनका तयारी थालेका हुन् । उनीहरुले अफगानिस्तानमा जारी तनाव अन्त्य गर्दै सरकार गठन गरी देश र जनताको भलाईका लागी काम गर्ने घोषणा गरेका छन् । अफगानिस्तान आफनो कब्जामा गएपछी […]

म सरकार हुँ!

मलाई यतिसम्म घमण्ड छ म अस्पतालमा बेड नभएको सिलिण्डरमा अक्सिजन नभएको विज्ञप्ति निकाल्दैछु मलाई घमण्ड छ म सरकार हुँ मलाई घमण्ड छ, म व्यापार हुँ।