स्थानीय तहका जनप्रतिनिधिले दल त्याग गर्दा पद रिक्त हुने देखिएन : सर्वाेच्च [पूर्णपाठ]

सर्वाेच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले दल त्याग गर्दा पद रिक्त हुने परिकल्पना नेपालको संविधानले नगरेको ठहर गरेको छ । नेकपा माओवादी केन्द्रले दल त्यागको कारवाही गर्दै पदमुक्त गरेका ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापाले दायर गरेको रिटमाथि अन्तरिम आदेश जारी गर्दै सर्वाेच्चले पदमा कायमै राखेको छ । माओवादीको कारबाहीबाट अध्यक्ष पद हटाउने गरी भएको निर्वाचन आयोगको सूचना कार्यान्वयन नगर्न  अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको इजलासमा भएको अन्तरिम आदेशमा ...

सम्बन्धित सामग्री

पार्टी बदलेका कार्यपालिका सदस्यको पद रिक्त

दाङ : तुलसीपुर उपमहानगरपालिकाका-३ जना कार्यपालिका सदस्यको पद रिक्त भएको छ। सोमबार निर्वाचन आयोगले नेकपा एमालेलाई पत्र लेख्दै ३ जना कार्यपालिका सदस्यले दल त्याग गरेकाले स्वतः पद रिक्त भएको जनाएको छ।कार्यपालिका सदस्य डिला परियार, जानका रेग्मी (डाँगी) र दीपक कुमालले एमाले पार्टी परित्याग गरेकाले पद रिक्त भएको जनाएको हो। उनीहरू तीनजना नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध भएका छन्।राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग गरेको भन्दै उनीहरूको पद स्वतः रिक्त भएको निर्व

तुलसीपुरका तीन कार्यपालिका सदस्यको पद रिक्त

तुलसीपुर उपमहानगरपालिकाका तीन कार्यपालिका सदस्यको पद रिक्त भएको छ। निर्वाचन आयोगले सोमबार नेकपा एमालेलाई पत्र लेख्दै तीन कार्यपालिका सदस्यले दल त्याग गरेकाले स्वतः पद रिक्त भएको जनाएको छ।  कार्यपालिका सदस्य डिला...

रौतहटका दुई नगर प्रमुखसहित ७ जना जनप्रतिनिधिको पद रिक्त

असार ११, रौतहट । निर्वाचन आयोगले दुई नगर प्रमुख सहित रौतहटका ७ जना जनप्रतिनिधिको पद रिक्त गरेको छ । माओवादी केन्द्रले कारबाही गरेका रौतहटका ६ पालिकाका ७ जना जनप्रतिनिधिको पद निर्वाचन आयोगले रिक्त गरेको हो । निर्वाचन आयोगले एक सूचना जारी गरी १४ जना जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको छ ।  माओवादी केन्द्रको तर्फबाट २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएका तर दल त्याग गरी नेकपा एमालेमा प्रवेश गरेकाले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।  असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई दिएपछि आयोगले विज्ञप्ति निकालेर पद रिक्त भएको जानकारी गराएको हो । आयोगका अनुसार रौतहटको मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह र कटहरीया नगरपालिकाका नगर प्रमुख सियाराम प्रसाद कुशवाह पदमुक्त भएका हुन् ।  मौलापुर नगरपालिकाका उपप्रमुख गौरिशंकरप्रसाद, देवाही गोनाही नगरपालिकका उपप्रमुख परनिया देवी, फतुवाविजयपुर नगरपालिकाका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाका उप प्रमुख सिमल कुमारी साह, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष श्रीमती गीतादेवी साह पदमुक्त भएका छन् ।  कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना जनप्रतिनिधिलाई पनि आयोगले पदमुक्त गरिदिएको छ ।

माओवादी केन्द्र परित्याग गर्ने १४ जनप्रतिनिधिको पद रिक्त

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) परित्याग गर्ने तीन प्रमुख, छ उपप्रमुखसहित १४  स्थानीय तहका पदाधिकारीको पद गुमेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा (एमाले)मा प्रवेश गरेका ती जनप्रतिनिधिको पद रिक्त भएको  हो ।निर्वाचन आयोगले दल त्याग तथा पद रिक्ततासम्बन्धी प्रकाशन गरेको सूचनाअनुसार उनीहरु माओवादी केन्द्रका तर्फबाट वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । पद रिक्त स्थानीय तहका पदाधिकारी र सदस्यमा रौतहटका सात, कैलालीका चार तथा ओखलढुङ्गा, महोत्तरी

माओवादी छाडेर एमालेमा गएका १४ जनप्रतिनिधिको पद रिक्त (सूचीसहित)

न्युज अफ नेपाल, काठमाडौं । जनप्रतिनिधिले पार्टी परिवर्त गरेपछि १४ जनप्रतिनिधिको पद रिक्त भएको छ ।निर्वाचन आयोगले एक सूचना जारी गर्दै दुई मेयर, पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी गराएको हो । नेकपा माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारवाही गरेको निर्वाचन […]

माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त

काठमाडौं, १५ बैशाख । नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन् । माओवादी केन्द्रका राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरेको भन्दै राष्ट्रिय सभा सदस्य पद रिक्त गर्न पत्र पठाएका थिए। सोहीअनुसार खड्काको पद रिक्त भएको जनाईएको छ । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले आज एक […]

राष्ट्रियसभामा चन्द्रबहादुर खड्काको पद रिक्त

काठमाडौं : नेकपा माओवादी केन्द्रका तर्फबाट राष्ट्रिय सभा सदस्य निर्वाचित चन्द्रबहादुर खड्काको पद रिक्त भएको छ। लुम्बिनी प्रदेशबाट निर्वाचित खड्काले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ र दफा ३२ को उपदफा (१) को खण्ड (ख) बमोजिम दल त्याग गरेको हुँदा पद रिक्त भएको संघीय संसद सचिवालयले जनाएको छ । अब निर्वाचन आयोगले ३५ दिनभित्र उपनिर्वाचन मार्फत् पदपूर्ति गर्नेछ। खड्का माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका थिए।यसअघि गृहमन्त्री रामबहादुर थापा बादल पनि नेकपा माओवादी केन्द्रबाट एमालेमा

कर्णाली प्रदेशसभामा ४ जना सांसदको पद रिक्त

काठमाडौं। कर्णाली प्रदेशमा दैलेखको क्षेत्र नम्बर १ 'ख', कालीकोट 'क' डोल्पा 'क', सल्यान १ 'ख'को सांसद पद रिक्त भएको छ। आजको प्रदेशसभाको बैठकमा सभामुख राजबहादुर शाहीले एमालेले दर्ता गराएको दल त्याग सम्वन्धी सूचना सुनाएपछि उक्त स्थान रिक्त भएको हो। फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दिस‌िंह बुढा र कुर्मराज शाही कारबाहीमा परेका हुन्।

गृहमन्त्री बादलको सांसद पद गयो

काठमाडौं। राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादलको सांसद पद गुमेको छ । नेकपा माओवादी केन्द्रले दल त्याग सम्बन्धी पत्र संसद सचिवालयमा पठाएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पत्र अनुसार पद रिक्त भएको निणर्य गरेपछि सचिवालयले आज पत्र सूचना बोर्डमा टाँस गरेको छ । सभाको अधिवेशन चालु नरहेकाले सुचना टाँस गरिएको हो ।

गृहमन्त्री रामबहादुर थापाको पनि सांसद पद गयो

काठमाडौं :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद रिक्त भएकाे छ। नेकपा (माओवादी केन्द्र) ले बादलले दल त्याग गरेको र अहिले आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि बादलको पद रिक्त भएको हो।संसद सचिवालयले आज एक सूचना जारी गर्दै बादलको राष्ट्रिय सभा सदस्य पद रिक्त भएको जानकारी दिएको छ। बादल अहिले गृहमन्त्री पनि छन्। सांसद नरहेपछि उनको मन्त्री पद पनि जानेछ।तर, संविधानको व्यवस्थाअनुसार सांसद नरहे पनि मन्त्री हुन पाइने भएकोले बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री