रौतहटका दुई नगर प्रमुखसहित ७ जना जनप्रतिनिधिको पद रिक्त

असार ११, रौतहट । निर्वाचन आयोगले दुई नगर प्रमुख सहित रौतहटका ७ जना जनप्रतिनिधिको पद रिक्त गरेको छ । माओवादी केन्द्रले कारबाही गरेका रौतहटका ६ पालिकाका ७ जना जनप्रतिनिधिको पद निर्वाचन आयोगले रिक्त गरेको हो । निर्वाचन आयोगले एक सूचना जारी गरी १४ जना जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको छ ।  माओवादी केन्द्रको तर्फबाट २०७४ को स्थानीय तहको निर्वाचनमा विजयी भएका तर दल त्याग गरी नेकपा एमालेमा प्रवेश गरेकाले पदमुक्त गर्न माग गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।  असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई दिएपछि आयोगले विज्ञप्ति निकालेर पद रिक्त भएको जानकारी गराएको हो । आयोगका अनुसार रौतहटको मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारी साह र कटहरीया नगरपालिकाका नगर प्रमुख सियाराम प्रसाद कुशवाह पदमुक्त भएका हुन् ।  मौलापुर नगरपालिकाका उपप्रमुख गौरिशंकरप्रसाद, देवाही गोनाही नगरपालिकका उपप्रमुख परनिया देवी, फतुवाविजयपुर नगरपालिकाका उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाका उप प्रमुख सिमल कुमारी साह, यमुनामाई गाउँपालिकाका उपाध्यक्ष श्रीमती गीतादेवी साह पदमुक्त भएका छन् ।  कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना जनप्रतिनिधिलाई पनि आयोगले पदमुक्त गरिदिएको छ । 

सम्बन्धित सामग्री

प्रधानन्याधीशलाई असहयोग

काठमाडौं । न्यायालयमा मुद्दाका चाङ दिनदिनै थपिँदै छन् भने सेवानिवृत्त हुने न्यायाधीशहरू पनि बढ्दै छन्। अदालतमा मुद्दा छिन्ने न्यायाधीशहरू घट्दा पीडितले समयमा न्याय पाउन सकेका छैनन्। सर्वोच्च अदालतमा शुक्रबारदेखि प्रधानन्यायाधीशसहित ७ जना न्यायाधीश सेवानिवृत्त हुँदै छन्। उच्च अदालतमा मुख्य न्यायाधीशसहित ५४ र जिल्ला अदालतमा न्यायाधीशका ३८ पद रिक्त छन्। मुद्दा छिन्ने न्यायाधीश नियुक्ति समयमा हुन […]

गण्डकी प्रदेश मामिला समितिको सभापतिमा जनमोर्चाका शाही चयन

कास्की (अस) । गण्डकी प्रदेशसभाको प्रदेश मामिला समितिको सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही चयन भएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन निर्णायक भूमिका निर्वाह गरेका सांसद शाहीलाई मंगलवार समितिको सभापतिमा चयन गरिएको हो । नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीविरुद्ध उम्मेदवारी दिएका थिए । विष्टले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत रूपमा सभापति बनेका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि उक्त पद रिक्त थियो । शाही यसअघि प्रदेश सार्वजनिक लेखा समिति सदस्य थिए । गण्डकी प्रदेश सभाको असार ३० गते बसेको बैठकले शाहीलाई प्रदेश मामिला समिति सदस्य बनाउने प्रस्ताव पारित गरेको थियो । प्रदेशसभामा जनमोर्चाका तीन सांसदमध्ये कृष्ण थापा पदमुक्त भएका छन भने शाही र पियारी थापा मात्र सांसद छन् । गण्डकीको प्रदेश मामिला समितिमा रहेका १३ जना सदस्यमध्ये ६ जना एमालेका र बाँकी ७ जना अन्य पार्टीका सदस्य छन् ।

माओवादीबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिलाई निर्वाचन आयोगले गर्यो पदमुक्त

काठमाडौं । नेकपा माओवादीबाट गत स्थानीय निर्वाचनमा निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका १४ जना जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले एक सुचना जारी गरि १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।असार ७ गते बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी निर्वाचन आयोगलाई पत्र पठाएको थियो । सोही आधारमा आयोगले पदमुक्त गरिएको जनाएको छ । पद रिक्त भएकाहरुमा रौतहटका ७ जना, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका १/१ ज